• प्वाँखहरु र आकाश



    प्वाँखहरु र आकाश
    विधा : कविता
    कवि: राजेन्द्र भण्डारी,सिक्किम
    सम्पादक : निमेष निखिल
    ----------------------------
    विभक्ति
    ~डा. राजेन्द्र भण्डारी~
    म छु
    तिमी छौ
    बीचमा 'लाई’ भइदिएको भए
    मलाई तिमी हुनेथियौ
    अथवा
    तिमीलाई म
    विभक्तिबिनाका शब्द भयौँ
    तिमी र म
    कहिले हुने वाक्य हामी
    कहिले हुने काव्य ?
    .........#.............