• ~ जैमली ~
    विधा : कथा
    कथाकार : शिव प्रकाश
    ________________

    जैमली

    उसले चारैतिर खोज्यो देखेन ! अनेक निहुँले भान्सातिर गयो, पछाडि गयो, बारीतिर गयो, तर कतै देखेन ! कुना कुइँनेटा सबैतिर खोज्यो, सबै छन् तर जैमली छैन ! बीस वर्ष भयो जैमलीलाई नदेखेको ! उभित्र आज इच्छाको अथाह सागर उर्लेको छ, जैमलीलाई भेट्ने ।
    जैमली किन आइन, त्यत्रो विहेमा ? सारा मान्छे आएका छन् तर जैमली छैन ! उ सोध्ने आँट पनि गर्दैन कसैलाई । मान्छेको त्यो भीडमा उसका आँखाले निरन्तर जैमलीलाई नै खोजिरहेका छन् ।
    सोच्यो- जैमली यहीँ कतै छे, कि मैले जैमलीलाई चिन्न सकिन ! कि जैमली आउँदैआइन ! कि जैमली विरामी परेर आउन सकिन ! प्रत्येक अनुहारमा उ आखाँ डुलाउँछ- कति परिचित कति अपरिचित ति अनुहारहरु ! तर कुनै अनुहारमा जैमली देखेन ।
    उसलाई आफैसँग रिस उठ्छ- आखिर जैमलीलाई नभेटिने रहेछ म किन आएको होला ! उसलाई आफ्नै आँखासँग रिस उठ्छ- जैमलीलाई हेर्ने यी आँखाको कत्रो रहर थियो पुरा भएन ! आफ्नै मनसँग रिस उठ्छ- यो मनलाई जैमली भेटने कत्रो तृष्ण थियो, तर मृगतृष्णा नै रह्यो ! उसलाई आफ्नै शरीरसँग रिस उठ्छ- यी सारा मान्छेका आँखा छलेर एकपटक भए पनि जैमलीलाई अँगालो हाल्छु भन्ने कत्रो चाहना थियो, त्यो पनि पानीपानी भयो ! जैमलीलाई सुम्सुम्याएका आफ्ना हातहरुलाई नियाल्छ- आफैसँग उसलाई झन्झन् रिस उठ्छ । यो शरीरले, यो मनले यी आँखाले, जैमलीलाई किन विर्सन सकेनन्, के म बाँचुन्जेल जैमलीको सम्झना साँचेर यिनले मलाई सताइरहनेछन् ? आफ्नो प्रश्नसँग उ आफैं अनुत्तरित रहन्छ । उ आफैंसँग आगो हुन्छ ।
    आफ्नै भदैको बिहे तर जैमली छैन ! भएभरका सारा गोरुबेचे साइनोका मान्छे छन्, जैमली मात्र किन छैन ? जैमलीलाई पक्कै केही भएको हुनु पर्छ ! एक्कासी उसको मनमा एकप्रकारको चीसो स्याठ पसेजस्तो हुन्छ - कि जैमली मरिसकी ? धोत्लिएर सोच्न थाल्छ - जैमलीको अनुपस्थितिको कारण के हुन सक्छ ? उसैको प्रश्न उसैका लागि अनुत्तरित छ ! चारैतिर आँखा दौडाउँछ तर सबै शून्य जस्तो देख्छ, जैमलीबिनाको त्यो वातावरण !
    अधिसम्म चिस्सिएको उसको मन एक्कासी ज्वाला दन्किए जस्तो हुन्छ । केहीबेर अघिसम्म आफैसँग उठेको भुत्भुते अब अरुतिर खनिन थाल्छ । सबैसँग रिस उठ्न थाल्छ । उसलाई त्यहाँ कोही पनि मन पर्दैन । सबै बैरीजस्तो लाग्न थाल्छ । आफन्तहरुलाई निहाल्छ तिनमा पनि उसले अपनत्व हैन कताकता परत्व देख्छ । उसलाई त्यहाँ बस्न मन लाग्दैन । भाउन्न हुन्छ । तर उ त्यहाँ बस्नुको अर्को वाध्यता छ । आगन्तुक मध्येमा उ नै महत्वपूर्ण हुन्छ । त्यो वाध्यता उसका लागि त्यहाँ ठूलो बोझ र सकस जस्तो भइरहेको छ । केही नखाइ हिड्नु उनीहरुको सँस्कार र उसको आफ्नो निजी मान्यता विपरित भएकोले उ त्यहाँबाट सजिलै उम्कन सक्ने अवस्थामा छैन । उ त्यहाँ अरुभन्दा फरक देखिन्छ । अलि भिन्न खालको पहिरन र सुकिलोमुकिलो चिल्लो अनुहार ! गाउँका दुःखबाट धेरै वर्ष टाढा भएकोले गाउँलेका फुस्रा र डडेका अनुहार भन्दा उ फरका छ । धेरैका आँखा उतिर नै हुन्छन् तर ति सारा निर्दोष आँखाप्रति उ आक्रोस हुन्छ । उसका आँखामा प्रतिविम्वित आक्रोस कसैले देख्दैन, कालो चस्माले छेकेको छ । ति आक्रोशिति आँखा जैमलीलाई देखेपछि मात्र शान्त हुन्छन् भन्ने कुरा उसालाई थाह छ, तर जैमली छैन ! बीस वर्षपछि उ आफ्नो त्यो पुरानो गाउँमा गएकोले घेरैका लागि अपरिचित पनि छ तर कौतुहलताको विषय पनि - को होला यो भन्ने ! उसालाई रक्सी पिएर ढल्न मन लाग्छ तर त्यो पनि गर्न सक्दैन, उ त्यहाँ ! इज्जतको सबाल छ ! बाहुनको छोरो मतवालीकहाँ गएर रक्सी पियो त्यो पनि ठर्रा ! भोली चारचौरास फैलिन्छ । केही नलागे पछि आफ्नो पुरानो घरसँगै रहेको बखुवाको घरको दलिनमा गएर गुन्द्रीमा पल्टिन्छ । ‘यत्रो ठूलो मान्छे, धनीमनी मान्छे हाम्रो घरमा आएर गुन्द्रीमा पल्टियो !’ बखुवाको परिवारका लागि त्यो अप्रत्यासित र अपत्यरिलो हुन्छ । र, गौरवको विषय पनि ! तर उसले आफूलाई पहिलेकै ‘कन्छा’ ठान्छ र पहिले जस्तै गरि डङरङ्ङ पल्टिन्छ । गाउँका भुरेभारे धूलोमैलो जे जस्तो अवस्थामा छन्, सबै छेउमा झुप्पिन्छन् । उसले ठान्छ- यिनीहरुले मलाई अनुहारले नचिने पनि भावनाले चिनेका छन्- यो यही हाम्रो गाउँको ‘कन्छा” भनेर ! तेसैले मेरो वरिपरि झुम्मिए । उ भित्रभित्रै पुलकित हुन्छ । उसले केही चकलेटहरु दिंदै भन्छ – ‘तिमीहरु खेल्न जाओ, म एकछिन आराम गर्छु ।’ आँखा चिम्लिएर लामो शास फेर्छ । जुरुक्क उठ्छ । फेरी एकपटक वरिपरी आँखा डुलाउँछ … जैमली छैन ! आफ्नो खल्ती छाम्छ । जैमलीले भनेको सम्झन्छ – ‘कन्छा मलाई एउटा औंठी किनेर ल्याइदे न !’ उ फेरी पल्टन्छ र आँखा चिम्लिन्छ । असारे रोपाइँको हिलोमा लडिबुडी गरेरको सम्झन्छ । बयल झुलेका धानबारीमा लुकामारी खेलेको सम्झन्छ । पटुवाबारीमा लाप्पा खेलेको सम्झिन्छ । घर पछाडिको मकैबारीमा लुकीछिपी भेट्ने गरेको सम्झिन्छ । उसको मष्तिष्कमा गाडिएका स्मृतिका डोबहरु एकएक आफैं उत्खनन् हुदै जान्छन् । उ तिनैमा उग्राएर पल्टिरहेको छ । गाउँको एउटा आदिवासी परिवारकी छोरी जैमली ! सलक्क परेकी गोरी, हिस्सी परेका दाँत, बाटुला हात खुट्टा ! हेर्दै लछ्छिनकी लाग्ने ! एक अक्षर नचिनेकी सोझी केटी ! आफ्नो मातृभाषा बाहेक भाका पुर्याएर नेपाली पनि बोल्न नजान्ने !
    केटामान्छे देखेपछि चितुवा देखेर मृग दौडे जस्तो दौडन्थी, जैमली ! कुनै केटामान्छेको छेउ पर्दैन थि कहिल्यै । बाटो छेकेर जिस्क्याउन खोज्थ्यो मृग उफ्रे जस्तो फड्को मारेर भाग्थी । जैमलीको स्वाभाव सम्झेर उ मनमनै हाँस्छ । तर उसालाई थाह छ जबसम्म जैमलीलाई भेटेर उसको इच्छा पुरा गर्न सक्दैन तवसम्म उ हाँस्न सक्दैन । ‘यो मेरो हाँसो म आफैंलाई जिस्क्याउने हाँसो मात्र हो । जैमली सम्झेर म हास्नु भनेको म पागल हुनु हो । म पागल भएँ भने मात्र जैमलीलाई विर्सन्छु नत्र .... असम्भव छ ! पागलले मात्र प्रेमी वा प्रेमिकालाई विर्सन्छ ।’ उ मनोवाद गर्छ । त्यो रात जैमली एकाएक पानीपानी भएकी थि, उसले त्यो पनि सम्झिन्छ । झुक्किएर जैमलीलाई छोइँदा उ थर्थर भएको सम्झिन्छ । अब जैमली चिच्याउँछे र साराका सामुन्ने बेइज्जती हुन्छ भन्ठानेर भाग्न खोजेको सम्झिछ । तर परिणाम उल्टो भएको थियो,त्यो पनि सम्झन्छ !
    गाउँमा नाच हेर्न जम्मा भएका ठिटाठिटीसँगै बसेकी जैमलीको कम्मरमा उसको हातले अन्जानबश के छोएको थियो जैमली सधैं झैं प्रतिकार गर्नु साटो उसको हातलाई चुम्बकले तानेजस्तो तानेर काखीमा च्यापिथी । बर्कोभित्र लुकाइथी । एकैछिन पछि बर्कोभित्र वाफिएका जैमलीका यौवपुञ्जहरुसँग उसका हातहरु रमाउन थालेथे । मानौ जैमली बल्छी थापेर बसिथी ! उसलाई त्यो क्षण अहिले पनि अपत्यारिलो जस्तो हुन्छ । अहिलेसम्म पनि कुनै दैवीय चमत्कार भए जस्तो लागिरहेछ ! सम्झनाहरु उसको मस्तिष्कमा खेलिरहेका छन् । दृष्यहरु आँखाअधि नाचिरहेका छन् । उ त्यही गुन्द्रीमा पल्टिरहेछ । उसले आफैंलाई अर्को प्रश्न गर्छ- के आइमाइ मान्छे आँधितुफान हो, भेल हो, खहरे हो ? कतिबेला कता बहन्छ, कुन मोड लिन्छ; थाह हुदैन ? सोच्छ- मैले भन्दा उसले मलाई बढी माया गर्थी । उ जैमलीलाई तिमी भनेर सम्बोधन गर्थ्यो, तर जैमली उसलाई तँ भन्थी । अर्थात जैमली तिमी वा तपाइँको सम्वोधन जान्दैनथी ! ‘कन्छा तँ ठूल्लो राती मचानमा आइज म पनि आउँछु’ वीस वर्ष अधिको जैमलीको त्यो आवाज अहिले फेरी कानमा गुन्जिए जस्तो लाग्छ । त्यो मचान भएको ठाउँतिर हेर्छे त्यहाँ मचान छैन धान खेत छ ।
    ‘कन्छा तँ बाहुनको केटा, म तल्लो जातको केटी, तँ मलाई बिहे नगर्ने भए केही नगर; तरो बाउआमाले मान्दैन !’
    जैमली कतै बोलिरहेकी छे जस्तो लाग्छ । जैमलीको मध्यरातको त्यो प्रस्ताव पछि उ जातपातप्रति धृणा गर्न थाल्छ । आफू बाहुन केटो हुनुको सजाय परिस्थतिले तोकिदिएको ठान्छ – “जैमलीलाई गुमाउनु अर्थात नपाउनु !” बेहुली बनेको दिन थोरैभए पनि धुम्टो उधारेर उतिर छड्के नजर लाउँदै जैमली धुरुधुरु रोएको सम्झिन्छ । जैमलीका ठूलाठूला बाटुला गाजलु ति आँखा आफ्नै आँखाका नानीमा बसिरहे जस्तो लाग्छ ।
    “जैमली… ! जैमली …!” उसको कानमा एक्कासी आवाज आउछ । जुरुक्क उठेर हेर्छ, दुइतीन वालकहरु थालभरी मासु, चिउरा, तरकारी, आचार लिएर पछाडिपट्टीको गुवालीतिर जाँदैछन् । सोध्छ – ‘कसका लागि ल्याएको यो खानेकुरा ?’
    ‘जैमलीका लागि’- भुराहरुले उत्तर दिन्छन् । उ तीनछक्क पर्छ । उसले नसोचेको कुरा फेरी एकपटक हुन्छ । जैमलीसँगको प्रेम, विछोड र अहिलेको भेट यो सबै उसले सोचेभन्दा भिन्न किसिमले भइरहेछ । उ दौडदै जैमलीतिर जान्छ । केहीबेर एकतमासले जैमलीलाई हेरिरहन्छ ! यहाँ पनि जैमली सोचेभन्दा फरक छे ।
    ‘जैमली, जैमली ! म कन्छा ! ’ उसले जैमलीलाई घच्घच्याउँछ । जैमलीले न चिने जस्तो, न नचिने जस्तो गर्छे ! जैमली बोलिन हाँसी मात्र ! जैमली हेर त यी मैले तिम्रो लागि औठी ल्याएको छु । औठी देखाउँछ बोल्दिन, हास्छे मात्र ! ‘म कन्छा हुँ, कन्छा’ भन्छ बोल्दिन, हाँस्छे मात्र ! ठूल्लो राति भनेर सम्झाउन खोज्छ बोल्दिन, हाँस्छे मात्र ! आफ्नो जीउको खत देखाउँछ बोल्दिन, हाँस्छे मात्र ! बीस वर्षअधिको जैमलीको फोटो पर्सबाट निकालेर देखाउछ हेर्छे बोल्दिन, हास्छे मात्र ! आफ्नो फोटो देखाउँछ एकहोरो हेर्छे बोल्दिन, खित्का छोडर हाँस्छे मात्र ! डगर, मचान, पटुवारी, मकैबारी, धानखेत, बानडाँडा, देवीथान, ढाबी, खोरिया, माछापोखरी, केराबारी भन्छ बोल्दिन; झनझन् खित्का छोडीछोडी हाँस्छे मात्र !
    ‘हजूर यो त बौलाही हो यसलाई किन जिस्क्याउनु भएको’ - छेउमा आएर कसैले भन्छ । उ छाँगाबाट खसेजस्तो हुन्छ । सोध्छ - यो कसरी बौलाई ? यसको एउटा केटासँग प्रेम थियो रे जातपात नमिलेर त्यो पनि असफल भो’रे । बिहे गरेको लोग्ने पनि मेरेपछि सायद त्यही तोडले… ! जैमलीका लागि विदेशबाट किनेर ल्याएको हिराको औंठी खल्तीमा राख्छ । अनि सबैसँग विदा भएर गह्रुङ्गो मन लिएर बाटो लाग्छ । भोलिपल्ट गाउँमा हल्ला फैलिन्छ जैमलीले आत्महत्या गरी रे ! पर्सी पल्ट जैमलीको चिहानमा गएर भन्छ- ‘जैमली, जतिबेला तिमीले औंठी माग्यो त्यतिबेला मसँग हविगत थिएन, जतिबेला मसँग छ त्यतिबेला तिमी छैनौं ।’ औंठी जैमलीको चिहानमा गाडेर उ शहरतिर फर्कन्छ ।
    ‘आखिर मान्छे जातपातको रेखाभन्दा माथि र स्वतन्त्र हुदो हो त जैमलीको यो हालत हुने थिएन । म बाहुनको छोरो नभएर कामी, दमाइ, सार्की नै भएको भए पनि अहिले सायद जैमली मसँगै हुने थिई !’ उसले निष्कर्ष निकाल्छ – ‘आजदेखि मेरो कुनै जात छैन !’ अब उसले आफ्नो थर लेख्न छोडेर नाउँ मात्र लेख्न थालेको छ । शिव प्रकाश …… जस्तै !

    -बोस्टन अमेरिका , १७ जुलाई २००९


  • अनुभूतिका रङ्गहरू
    विधा: कविता
    कवि: मुकेश राई
    प्रकाशक : नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत
    ______________________________


    कस्तो छ परदेश ?

    घर छोडी जाने दरसन्तानका
    सम्झना संगालेर आमा सोच्दिहुन
    कस्तो छ परदेश ?
    असार पन्ध्र छ आमा परदेश
    मंसिर कहिल्यै पाक्दैन,
    सोध्छौ सधैं कस्तो छ दुरदेश रु
    नियति न हो दुस्ख कहिल्यै भाग्दैन !

    हल बाँधेर आफ्नै मनको
    हली भै जोतिनु छ्,
    मनको खेतमा कहिले कहीँ
    उत्साह र खुशीहरु फूल्छन
    अनि केही बेर
    जोश जाँगरको वसन्तहरु छाउँछन,
    तर धेरै जसो उदास फूलहरु फूल्छन
    जखमले घामको न्यानोमा पनि
    अधुरो सपना च्यापेर परेली रसाउँछन
    बिशेष दिनहरु सम्झेर दुख्ने मनहरुमा
    सम्झनाको प्यास झनै बढछ,
    त्यसैले आमा मरुभूमि जस्तै प्यासी छ परदेश !

    पारिलो घाम हाँस्दा
    अर्को तिर बर्षने झरी, बादल बिचको
    उदास ईन्द्रेणी जस्तै
    अपुरो ईच्छा र अधुरो रहर बोकेर
    दोसाँधमा जीवन भोग्नु पर्ने
    अनुभूतिका रंगहरुमा रंगिदै
    बाँचिरहेछ दूरदेश !

    यसैले असार पन्ध्र छ आमा परदेश
    मंसिर कहिल्यै पाक्दैन,
    सोध्छौ सधैं कस्तो छ दुरदेश ?
    नियति न हो दु:ख कहिल्यै भाग्दैन !

  • श्वेतपत्र
    कवि: खेम दाहाल
    प्रकाशक :अनेसास, अमेरिका

  • कुमारी आमा
    विधा : उपन्यास
    उपन्यासकार: अनुपम रोशी
    ___________________

    उपन्यास अंश :

    आखिर के फरक छ जायज र नाजायज सन्तानमा जसको प्रमुख उत्पादन प्रक्रिया उही आमा त हो धर्तीजस्तै । भगवानमा विश्वास गर्नेहरु यो कुरामा किन विश्वास गर्दैन कि स्वंय भगवानले जायज र नाजायज भनेर त्यस्तो विभेद गरेका छैनन । त्यो विभेद त यही संसारका मान्छेले तयार गरेका हुन, आप\mनै स्वार्थको लागि यिनै मान्छेहरुबाट यो विषमताको दूरी तय भएको हो । उच्च वर्ग निम्न वर्ग उच्च जाती निम्न जाती, धनी-गरीव सबका सब अखडाहरु मान्छेबाटै उत्पत्ति भएका हुन इश्वरले मान्छेलाई कहिल्यै पनि घृणा गरेका हुँदैन । घृणा त मान्छेबाटै भएको हो । आज हेर्ने हो भने आफैले निर्णर्य गरेको जालमा आफै बन्दी भएका छन्, मान्छेहरु हाम्रो समाजले नाजायज भन्ने शव्दलाई घृणा गर्छ र घृणा गर्छ कुमारी आमालाई मोक्ष यही कुरा साचो हो धेरैले बुझेका छैनन् । यो घृणित जीवन पद्धतिलाई ,कतिले त बुझे पनि केही गर्न सकेका छैनन यो नीति र नियमलाई । तर मलाइ लेख्नु छ एउटा इतिहास नाजायज सम्वन्धको जायज संविधान । यहाँ पुन पढ्नु पर्छ यो संसारले सोह्र वर्षिय कुमारी आमाको सन्तान लियो नार्दो द भिञ्चीको इतिहास । हो मोक्ष तिनै नाजायज सन्तानलाई आज विश्वका विद्यार्थी ले अध्यन गरी रहेका छन ।

    जसको कलात्मक शक्तिको आज पनि संसारले पूजा गर्छ त्यसैले मलाई लाग्दैन हाम्रो सम्वन्धलाई परम्परागत पद्धति अनुसार विवहाको बन्धनमै बाँध्नु पर्छ । टाढै बसेर पनि हामीले हाम्रो जिन्दगीलाई निकै प्रेमिल बनाउँन सक्छौ सुमधुर बनाउन सक्छौ । माया कुनै परम्परागत औपचारिक गठवन्धन होइन न यो समाजले त्यो मायालाई सम्मान गर्छ । जसरी पनि आफ्नै खुसीको सम्भोग मात्र चाहने पुरुषहरुलाई बावु बनाउनु पर्छ भन्ने मलाई लाग्दैन र जसरी उनीहरुले सम्भोगको लागि मात्रै महिलाहरुलाई प्रयोग गर्ने गर्छन त्यसरी नै महिलाले पनि पुरुहरुलाई प्रयोग गर्न सिक्नु पर्छ ।

  • फूलको बयानमा
    विधा : गीति कविता
    कवि : कपिल सुवेदी
    प्रकाशक: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)


  • रहर भो जिन्दगी
    विधा: गजल
    गजलकार: भगवती बस्नेत
    प्रकाशक: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)
    ________________________________


    परदेशमा बिझाएको, कहर भो जिन्दगी ।
    सुख खोज्दै भौतारिने, रहर भो जिन्दगी ।

    सागरलाई छुन बगेँ, नदी बनी सधैं
    सागर भने परै रहृयो , नहर भो जिन्दगी ।

    क्षितिजलाई लक्ष्य ठानी, दौडें पछि पछि
    आशै आशमा अल्झिएको, प्रहर भो जिन्दगी ।

    कैल्यै आफ्नो हुन्न रैछ, निर्मोही दुनियाँ
    अमृत भनी पिएको थें, जहर भो जिन्दगी ।



  • लुङ्मारी मिथक
    विधा : कविता
    कवि : मनु लोहोरुङ
    प्रकाशक : नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत
    _______________________________

    ~लुंङ्मारी मिथक~

    काल्पनिक वायुयानबाट
    भू-मध्यसागरको तटमा
    अवतरण हुँदाको पल,
    पूर्वतिर फर्किंदा बादलमा
    खाडलमाथिको जमिन
    र्सलक्क आफ्नै....
    भूमिको मानचित्र देख्छु ।

    ढुंगे मनको पहाडहरु
    अब बिस्तारै खस्छन्
    विचारका ब्लास्टिंग
    पड्किनु र पड्काउनुको
    ऊँभो गतिले चोइटिएर...
    कोर्काली वस्तीमा
    हो ! त्यस्तै,
    भित्ता फोर्ने निर्जन
    आवाजको खाँचो छ।
    हो ! अब,
    भूत हाँस्ने रातहरुमा
    जूनले पाईला टेक्नेछ।
    औंशी पोखिएका दिनहरुमा
    सोचको पूणिर्मा फुलेर
    चिमल हुनु पर्छ।
    किनकि,
    सृष्टि अटल हुनुले
    दृष्टि बदलिनु पर्छ।

    झुल्के घाम डस्ने
    गोमन र्सपहरुको
    सुख्खा प्रान्तमा
    हो ! अब,
    छातीभरी रारा-फेवाका
    निश्चल तरंगहरु...
    करुणा र मानवता घोलिएको
    सभ्यताको निलो रंग
    ब्रह्माण्डभरि पोखिनु पर्छ।
    अब,
    मेरो मुन्धुम र
    साकेला सिलीभित्रै
    सगरमाथाको गाथासँग
    हजारौं लुंङ्मारी कथाहरु
    कोरिनु पर्छ ।
    अहिलसम्म डढेका
    मनका व्यथाहरु खिपी,
    आ-आप\mनै लिपीमा
    अब फेदाङ्माहरुले पनि
    युगको जोखाना फलाक्नु पर्छ ।

    भूमिका अनुरागीहरु हो
    सचेत जीवनको इन्द्रेणी
    सर्वोपरी फैलाऊ !
    सदियौंदेखि कठाङ्ग्रिएका
    बैंशालु हिमालहरुमाथि
    हिउँ-फूलको परागमा
    अब, लालिमा भेटिनु पर्छ।
    मानव वस्तीभित्रका
    अपमानित जीवन-फूलहरु
    युगिन शीतले बौरिनु पर्छ ।
    ___________________

    Ø लुङ्मारी = प्रेमिलो


  • चुली (दोस्रो संस्करण)
    विधा: उपन्यास
    उपन्यासकार: सरुभक्त
    प्रकाशक: साहित्यकार सरुभक्त सरोकार केन्द्र, पोखरा


  • ~बिबिलिम्मा~

    किरात राई बान्तावा भाषाको गजल संग्रह (साइमाभुङ)
    प्रकाशकद्वय : दीप प्रकाश राई / राजन राई
    प्रकाशन सहयोगी : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान

    साइमा-१
    _____

    बिबिलिम्मा दोङ दोङसा खारिन्ने
    दक्छाबुवा झारा तोङसा खारिन्ने

    खोङताराङ बोब्वि सावा सोहोन
    हेन्खाम्मा साया चोङसा खारिन्ने

    कुइयामादा देम युङमा धेक्सक्नि
    लामलाम्सा ताया फोङसा खारिन्ने

    आखोमाङ आत्छोसाओ लामछेक्लाम
    खोवालुङ छप्नाम रोङसा खारिन्ने

    हाङहोन याक्सा रात्मा कोप्मा निम्पाङ
    धिवाङ हाङछामिलोङ लोङसा खारिन्ने ।।

    साइमा-२
    ______

    चोमोलुङमा सायादुम चोङयाङसा थिन्तानिन
    बोक्ताखाराओ मक्चि होङयाङसा थिन्तानिन

    तेन–तेन अकहुप्दा काम्सा झारा यायोक मुसा
    रिमि पाङमि दक्छाबुवा तोङयाङसा थिन्तानिन

    रिदुम–पादुम आन हाक्सङचि लाम्मादोत हान
    खिम–खिमदाङका दोङ दोङयाङसा थिन्तानिन

    खारु चोङसा ताया लोङसा खिम चिखिमदा
    अनुवाक खारु ताया बोम्याङसा थिन्तानिन

    हाङदुम दोदुम मामायङओ धिवाङ आन्केन
    साकेन्वा लाक दोवा थोम्याङसा थिन्तानिन ।।
    _______________________________

    -रविन्द्र दिखुक्पा




  • कथाकी पात्र
    विधा : कथा
    कथाकार : सुबिन भट्टर्राई
    प्रकाशक : पाँचपोखरी प्रकाशन, न्यूरोड- काठमाण्डौ
    ___________________________________

    औडाहा - १

    ऊ आएर खुत्रुक्क मेरो मोटरबाइकको पछाडि बस्छे । कतै छोइएलाझैँ, बडो र्सतर्कताका साथ दुवै खुट्टा यौटै साइडमा राखेर बस्छे, परम्परागत महिलाझैँ । पहेँलो साडीमा गुलाबी रङका बुट्टा कुँदिएका छन् । शरीरबाट अत्तरको कडा बास्ना प्रसारित भइरहेको छ । नाकै हरक्क गर्छ मेरो । तर उसको अनुहारतिर म त्यति ध्यान दिन्नँ । ठीकसित उसको शरीरलाई नियाल्न पनि मन लाग्दैन । गम्ल्याङ्ग मेरो शरीरलाई आफ्नो हातले बेरेकी भए उसको उपस्थितिको अझ अर्को एउटा सबभन्दा बलियो प्रमाण हुन सक्थ्योे तर त्यसो हुन सक्तैन । अनुमान गरेरै निर्धक्क भई मैले उसको उपस्थितिलाई छाम्नुपर्ने बाध्यता छ । फर्केर पछाडि हेरे पनि हुँदो हो तर मभित्रको पौरुष अहम्ले, कमसे कम तत्कालीन परिस्थितिहरूको स्थितिबोध गरेकाले त्यसो गर्न दिँदैन । मैले आंशिक नेत्रहीनताको अभिनय गर्नैपर्छ ।
    ऊ मेरी स्वास्नी हो । ऊ त्यही स्वास्नी हो जसलाई मैले सात महिना अगाडि साढे दर्ुइ लाख रुपियाँ नगद उडाएर झ्याइँझ्याइँ बाजा बजाउँदै भित्र्याएको थिएँ । परम्परागत शैलीमा परिवारका सबैले उसलाई लक्ष्मी भनेका थिए । ँलक्ष्मी' को यथेष्ट व्यय हुने भएकोले कुलवधुलाई लक्ष्मी भनिएको हुनर्ुपर्छ । ऊ मेरी त्यही स्वास्नी हो जसलाई आमा ँबुहारी' भनेर बोलाउनुहुन्छ र बहिनी ँभाउजू' भन्छे । मलार्इर्र्बिहानबिहान ओछ्यानमै न्रि्रै नखुलीकन मेरो टेबुलमा चियाको कप ल्याएर राखिदिन्छे र मलार्इर्र्कतै नछोईकन, नहल्लाईकन आफ्नो स्वरलाई साबिकभन्दा अलिकति उकासेर ँचिया' भनेर निस्कन्छे । अनि भान्सामा गएर आमालाई सघाउँछे । म गहिरो न्रि्रामा हुँदा त्यो चिया टेबलमै हिउँझैँ बनिसक्थ्यो वा एकाध झिगा तैरिरहेको अवस्थामा फेला पर्थे ।
    ऊ मेरी स्वास्नी, मैले मेरा नातेदारहरूलाई जे-जे साइनो लगाएर बोलाउँथेँ, ऊ पनि ऐजन गर्थी । खाना खान बस्ता दाल, तरकारी वा अचार थप्ने बेलामा "हजुरलाई यस्तो राखूँ -" भनेर पनि सोध्थी । यसले स्पष्ट हुन्छ ऊ हामीबाहेक अरू कसैको उपस्थिति भएको खण्डमा मलार्इर्र्ँस्योस्' वा ँहजुर' लगाएर राम्रैसित बोलिदिन्थी ।
    यो त्यही स्वास्नी हो, जो अहिले मेरो मोटरबाइकमा मेरा पछाडि बसेकी छे । एक हातले पछाडिको क्यारियरको भाग समातेकी छे अनि अर्को हातचाहिँ हामी दर्ुइ बीचको खाली ठाउँमा राखेकी छे, ह्यान्डब्याग समातेर ।
    आज मात्र होइन, ऊ मेरो मोटरबाइकमा सधैँ यसैगरी बस्छे । लाग्छ, यदि तेस्रो कसैलाई हामी दर्ुइको बीचमा ल्याएर राखिदिने हो भने ऊ मज्जैले अटाउँदो हो ।
    यतिखेर हामी एउटा विवाहको भोजमा जाँदै छौँ । उसको वश चल्दो हो त ऊ यस्ता विवाहका भोजमा जहाँ उसलाई मसित मेरी स्वास्नीको हैसियतले जानुपर्ने हुन्छ, त्यहाँ आफ्नो पछिल्तिरको भाग पनि नदेखाउँदी हो । जब म त्यस किसिमका भोजभतेरहरूमा मेरा इष्टमित्रहरूका सामू मेरो मिसेज भनेर उसको परिचय गराइरहेको हुन्छु त्यसबखत ऊ के सोच्ती हो -
    म अझै गहिरिएर सोच्छु, म के सोच्छु यस्तो बखत भनेर ऊ सोच्ती हो - या केही पनि नसोच्ती हो । या कतै साँच्चै इन्जोइ नै पो गर्दी हो ।
    तर यो अति न्यून सम्भावना । कारण ऊ मसँग सम्बन्धित कुरासँग असम्बन्धित रहन चाहन्छे । ऊ मात्र त्यही परिचय बोक्न चाहन्छे जुन कुनै बेला हुने गरेकी थिई । ऊ कुनै बेला मेरी स्वास्नी थिइन भन्ने कुरा साँचो नै त हो । ऊ मात्र ँऊ' थिई । म पनि मात्र ँम' थिएँ ।
    उसलाई ँऊ' मा मात्र सीमित राख्न नचाहनेहरू र मलार्इर्र्ँम' मा मात्र सीमित राख्न नचाहनेहरूले हामीलाई हाम्रो आ-आफ्नो स्थितिबाट खण्डित गराए । म आफ्नो त्यस किसिमको विखण्डनलाई शनैःशनैः स्वाभाविकताको आवरणले ढाक्दै जान थालेँ । उसको विषयमा त म अझै केही भन्न सक्तिनँ । हामीबीच एकान्तमा यत्ति प्रश्नोत्तर पनि भएको छैन । न म सम्पर्ूण्ा लोग्ने प्रमाणित हुनसकेको छु, न ऊ स्वास्नी भएर मेरा अघिल्तिर उभिन सकेकी छे ।
    हो ऊ त्यही स्वास्नी हो जो मेरै ओछ्यानको एउटा टुव|mो समातेर सुत्ने गरेकी छे । अर्थात् यसरी भने पनि भो म उसको त्यही लोग्ने हुँ जो उसैको ओछ्यानको एउटा चोक्टो ओगटेर सुत्ने गरेको छु । सत्ते, रातभर यौटै ओछ्यान साझेदारी गरेर सुत्ने गरेको भए तापनि मैले कहिल्यै उसलाई र्स्पर्श गरिनँ । बेलाबेलामा मेरो इतिहासले मभित्रको पुरुष छताछुल्ल भएर पोखिएको नबताएको भए म आफूलाई नपुंसक भन्दो हुँ । सुत्ने बेलामा ऊ कोल्टे फर्ेदा उसका चुराहरू छमछम बजेको आवाज आउँछ । हामीबीचको एकान्तमा प्रसारित हुने आवाज बस त्यति हो । म सोच्छु कहिलेेकाहीँ यदि ऊ चुरा नलाउँदी हो म कुन आवाजले आफ्नो कर्ण्र्ाालास गर्दो हुँ । अन्यथा सुहागरातपछि कमसे कम यो बन्द कोठामा हामीबीच एकोहोरो संवाद पनि चलेको छैन ।
    सुहागरातकै दिन जब कोठाले एकान्त पायो, ऊ र म मात्रै । ऊसले यौटै मात्र संवाद प्fm्ँयाकेकी थिई, घुम्टोभित्रैबाट । मधुरो आवाजमा भनी, ऊ कोही अरूलाई नै प्रेम गर्छे । अनि जवाफमा मलार्इर्र्केही बोल्नु थियो सायद । ऊ पनि मेरो बोल्ने पालोको प्रतीक्षा गरिरहेकी हुँदी हो । मैले केही रुखो हुनुपर्ने हो सायद । अथवा कमसे कम ऊ कसलाई प्रेम गर्छे यो जान्न खोज्नुपर्ने हो । अथवा केही रिस, केही दिक्दारी, केही पश्चात्ताप, केही पीडा, केही भावुकता आदि पोख्नुपर्ने हो । तर भित्रबाटै केही हलचल भए वा कुनै प्रतिव्रिmया आए यस्ता भाव पोखिँदा हुन्, अन्यथा त्यो असररहित हुँदो रहेछ कमसे कम मुहारको भावभङ्गीमा कुनै परिवर्तन ल्याउनलाई । म चुप लाग्छु, मानौँ म उसको यस वक्तव्यले बिल्कुलै असररहित छु ।
    ऊ अरूलाई नै प्रेम गर्छर्ेेअर्थात् मलार्इर्र्गर्दिन । त्यो पनि सुहागरातको दिन भन्छे । कत्रो आँट -
    वास्तवमा म पनि बिहेअघिसम्म अरूलाई नै प्रेम गर्थेँ । एक, दर्ुइ, तीन मज्जैले बसेर गन्ती गर्नुपर्छ, कस-कसलाई हृदयदेखि प्रेम गरेँ अनि कस-कसलाई सतहमा -
    र उसलाई -
    उसलाई प्रेम गरेर बिहे गरेको होइन, तर प्रेम गर्नलाई बिहे जरुरै गरेको हो । अपसोस छ यसैमा । जस-जसलाई प्रेम गरेँ ती कसैलाई आफ्नो बनाउन सकिनँ र जसलाई आफ्नो बनाएँ उसलाई प्रेम गर्न सक्तिनँ । चाहेरै पनि सक्तिनँ ।
    जेजे भएको भए तापनि ऊ मेरी स्वास्नी हो । आफ्नो नाउ“का पछाडि आफ्नो माइतीको थर र त्यसभन्दा पछाडि मेरै थर टा“स्ने गरेकी छे । रहरले हो वा करले, म छुट्टयाउन सक्तिन“ । यद्यपि मलार्इर्र्यसैमा आफ्नो जीत भएको आभास छ । के ऊ यसमा पराजित अनुभव गर्छर्ेे त्यो उही जानोस् । उसभित्र केकस्ता भावहरू छन् - ती उहीभित्र छन् । हामी कहिल्यै दोहोरो बोलेका छैनौ“ । जब सुहागरातकै दिन उसले अरू कसैसित प्रेम गरेको बताई, म चुपचाप आफ्नो कोट फुकालेर खाटमा पसारिएँ“ । निधारभरि टा“सिएका अक्षताहरू उक्काए“ अनि सिरानी सकभर छेउतिर तानेर पल्टिए“ ।
    ऊ पनि त्यत्तिकै पल्टिई सायद । दिनभरिको बिहेको थकाइले शरीरमा ऊर्जा रित्तिएको थियो । अझ म त्यस रात त्यस्तो लोग्ने साबित भइरहेको थिए“ जो सुहागरातको दिन आफ्नै स्वास्नीको मुखबाट उसको प्रेमी भएको प्रसङ्ग सुनिरहेको थिए“ । योभन्दा अरू बिडम्बना केही होला - अनि यस्तोमा कहा“बाट आओस् शरीरमा ऊर्जा -
    भोलिपल्ट मैले ओछ्यान छाड्नुअगावै उसले टेबलमा चिया ल्याएर राखिदिई । चुराहरू छमछम बजिरहेकाले ब्यू“झे“ । अनुहारसम्म आ“खा डोर्‍याउन सकिन“, चाहिन“ भन्नु चाहिँ ठीक हुन्छ क्यार π
    ऊ भिन्न वस्त्रमा थिई । गाढा रातो सुतीको धोतीमा पह“ेलो पोतेको झुप्पो केही सुहाउ“दिलो देखिन्थ्यो । बिहान उठेर लुगा फर्ेन भ्याइछ ।
    त्यसपछिका दिनमा पनि ऊ कि त बिहानै म नब्यूँझिई लुगा फर्ेर्थी कि त कोठामा मेरो उपस्थिति भएको अवस्थामा हातभरि फर्ेर्ने लुगा बोकेर पुलुक्क मतिर हर्ेर्थी, याचक दृष्टिले । मैले बुझनुपथ्र्यो, ऊ लुगा फर्ेन चाहन्छे । जुरुक्क उठेर बाहिर गइदिन्थे“ ।
    मलार्इर्र्पनि केही स्वतन्त्रता थियो । म विवाहित थिएँ, घर कुनै पनि बेला पुग्न सक्थे“, या नपुगे पनि हुन्थ्यो । कतै ढिलो भए घरमा एक कल फोन हानिदिन्थे“ । फोन प्रायः आमाले नै उठाउनुहुन्थ्यो । कतै जान परे आमा-बुबा वा बहिनीलाई जानकारी दिन्थे“ । उसलाई भनिराख्नुपर्ने आवश्यकता थिएन । ऊ सोध्दिनथी पनि । कतै रात बिताएर भोलिपल्ट आउँदा पनि कुनै प्रश्नोत्तर हुने सम्भावना थिएन ।
    तलब थापेर ल्याएको दिन केही पैसा आमालाई दिन्थे“ । धेरैपल्ट आमालाई पैसा दिँदै गर्दाको दृश्य उसले देखेकी थिई । अझ यसो पनि भन्न सकिन्छ उसको उपस्थितिको मौका छोपेर म आमालाई पैसा दिने गर्थेँ । ऊ देखेर पनि नदेखेझै“ गर्थी । अहँ मैले उसलाई एक पैसा पनि कहिल्यै दिइन“ । ऊ आफ्नो व्यक्तिगत खर्च केले र्टार्छे त्यो उही जानोस् । सके माइतमा माग्दी हो वा ँअरू' कसैले चलाइराखेको हुँदो हो ।
    बिहे भएदेखि न मैले उसलाई एक रुपियाँ दिएको छु न कुनै जिन्सी सामान नै किनिदिएको छु । यो कुरामा भने म आफै“प्रति गर्व गर्छर्ुु
    थाहा छ, ऊ मेरी स्वास्नी हो । स्वास्नीको अधिकारले नै ऊ अहिले मेरो मोटरबाइकका पछाडि बसेर मेरै कुनै परिचितको बिहेभोज खान जाँदै छे । निःसन्देह त्यो पार्टर्ीी ऊ मेरी स्वास्नी कहलाउँछे । त्यत्रो भव्य पार्टर्ीी ऊ मेरी स्वास्नीको नाउँबाट परिचित भइसकेपछि कुनै बखत आइमाईको हूलमा आबद्ध हुन पुग्छे । म पनि हातमा मदिराको गिलास समाउँदै पुरुषहरूको समूहमा आबद्ध हुन्छु । अनि घरिघरि आफ्ना नशालु/लट्ठिएका आँखाहरूलाई सुटुक्क त्यहाँबाट उखेलेर कतै पर केही हाँस्दै बाँकी आइमाईहरूका कुरा सुनिरहेकी उसतर्फलैजान्छु । अनि आत्मसन्तोषको एउटा गहिरो श्वास तान्छु, यो सोच्तै कि जो ती आइमाईहरूको कुरा सुनेर मन्दमन्द मुस्कुराइरहेकी छ- त्यो मेरी स्वास्नी हो, जो आफ्नो नाउँको पुछारमा मेरो थर टाँसेर हिँड्छे ।
    पार्टर्ीीकिन्छ । अथवा पार्टर्ीीसकिए पनि हाम्रो निर्धारित समय सकिन्छ । हाम्रो के भन्नु - मेरो ।
    उसको त मसित के छ र - म ऊतिर बढेर एकपल्ट उसलाई पुलुक्क हर्ेर्छर्ुु मोटरबाइक भएतिर लम्किन्छु । आँखैबाट सबथोक बुझनर्ुपर्छ उसले पनि । मैलेजस्तै ।
    बिदावारी भएर ऊ पुनः मेरो मोटरबाइकअगाडि आएर बस्छे, उसैगरी । म मातेको सुरमा मोटरबाइक लडाउँछु कि जस्तै गर्छर्ुु तैपनि उसलाई कुनै आपत्ति छैन । मेरो मोटरबाइकको गत्रि्रति वा मेरो मातप्रति ।
    अघिल्ला दिनहरूमा पनि म रक्सीले टिल्ल भएर घर पुग्दा आफैँलाई उग्र गन्हाउँथ्यो । तर मैले पिएको रक्सी उसलाई कहिल्यै गन्हाएन । उसले कहिल्यै नाक थुनिन । कहिल्यै छ्या-सम्म भनिन ।
    बिहेपछि म झनै लापर्बाह भएँ । मैले घर पुगेर खुट्टा र मोजा धुनै छाडिदिएँ । म आफैँलाई मेरो खुट्टा र मोजा उत्पात गन्हाउँथ्यो । तर मेरो गन्दे मोजा र खुट्टा उसलाई कहिल्यै गन्हाएन । ऊ सधैँ उसैगरी मेरो ओछ्यानको एक टुव|mा ओगटेर सुति नै रही, बिनाकुनै प्रतिवाद ।
    तर उसलाई प्रतिवाद गर्ने ठाउँ नै कहाँ छ र - जहाँ कुनै संवाद छैन त्यहाँ केको प्रतिवाद -
    अचेल आमाबुबा नातिनातिनाको मुख हर्ेन मन लाग्यो भनेर हैरान गर्न थाल्नुभएको छ । सुरुसुुरुमा भइहाल्छ नि बिस्तारै भनेर टार्दै आइरहेको थिएँ । तर पछिपछि दिनहुँजसो किचकिच सुन्नुपर्ने भयो । अति भएपछि एक दिन यसै भन्दिएँ- "मैले पाउने होइन क्यारे, बुहारीले हो, उसैलाई भन्नू ∕"
    त्यसपछि उहाँहरू चुप लाग्नुभयो । तर केही दिनपछि उसैगरी फेरि कचकच सुरु हुन थाल्यो, अलिक भिन्न भाषामा । भन्नुभयो- छोराछोरीको मुखसम्म हर्ेन मन छैन तँलाई -
    एकछिन फिस्स हाँसेँ म । हाँसो उठ्ने नै कुरा थिएन त यो - जसले आजसम्म स्वास्नीको मुख ठीकसँग हर्ेन सकेको छैन त्यसले छोराछोरीको मुख के हेरोस् - खैर साँचो बोल्नु थिएन, उही रटेकै आवाजमा भनेँ- "बुहारीलाई भन्नुहोस् ।" अनि फटाफट त्यहाँबाट उम्केँ ।
    एक रात अनायासै लाग्यो कतै स्वास्नीसित बोलेर यो कुरा किन नराखूँ - अर्थात् सन्तानप्राप्तिको प्रसङ्ग । त्यो रात झन्नै बोलेको । के ऊ आफ्नो प्रेमीसित भनेर मेरा आमाबाबुका निम्ति एउटा गर्भ राखिदिन सक्तिन - तर मैले उसलाई त्यो सल्लाह दिने हिम्मत गर्न सकिनँ ।
    तीन दिनपछि चेतना आयो, आफ्नो मनभित्र उब्जेको त्यो प्रश्नको स्तरका बारेमा । अनि फेरि आफैँसित हाँसेँ । त्यो पनि एउटा कुनै व्यस्त सडकमा मोटरबाइक पार्किङ गरेर जाँदै गरेको अवस्थामा । राति घर फर्केपछि ओछ्यानमा पल्टेर सिलिङतिर हर्ेर्दै दिनभरका घटना सम्भिmँदै थिएँ, दिउँसो एक्लै हाँसेको प्रसङ्ग सम्झेर फेरि हाँसो उठेछ । त्यस बखत पनि मज्जैले हाँसे“ म । भित्तातिर स्वास्नी सुतिसकेकी थिई । सायद ऊ निदाएकी नहुँदी हो । म हाँसेको चाल पाएकी हुँदी हो तर ऊ प्रतिव्रिmयाविहीन थिई, जस्तो अरू बेला हुने गर्थी ।
    बाँकी रहयो सन्तानप्राप्तिको कुरा । जसलाई मेरा आमाबाबुले यसरी पटकपटक राख्नुभएको थियो, मानाँै उहाँहरूको सम्पर्ूण्ा जीवनको अभीष्ट होस् त्यो ।
    म चाहन्छु, जब कुनै दिन म आफ्नो कोठाको ढोका खोलेर भित्र छिर्नेछु, तब मेरी स्वास्नी मेरा सामुन्ने दोस्रो निजी संवाद लिएर उपस्थित हुनेछे र भन्नेछे- "आजसम्म म जसलाई प्रेम गरिरहेकी थिएँ अब गर्दिनँ । विगतलाई विर्सजन गर्न चाहन्छु । अबउप्रान्त मेरो सम्पर्ूण्ा प्रेम तपाईँमा समर्पित छ ।" अनि म उसका सामुन्ने ऊसित आँखा जुधाउँदै भन्न सक्नेछु- "म पनि तिमीलाई हृदयदेखि नै प्रेम गर्नेछु ।"
    त्यसपछि मात्र म सायद आफ्नी स्वास्नी प्राप्त गरूँला, सन्तानको चाहना गरूँला ।


  • किचकन्यासँगको भेट
    विधा : कथा
    कथाकार : कृष्ण अविरल
    प्रकाशक : पाँचपोखरी प्रकाशन, न्यूरोड- काठमाण्डौ
    ______________________________________

    ~ किचकन्यासँगको भेट~

    ढल्किन लागेको एक साँझ । कार्यव|mम सकिएपछि गुरुकुलको आँगनमा उभिएको थिएँ, आयोजकहरूले उपलब्ध गराएको फोकटको कालो चिया पिउँदै । अरूभन्दा अलग्गै ।
    एकछिनअघि हेरेको नाटकमा आधारित भएर म सोचिरहेको थिएँ- "समाजमा बेइमानहरू बढी भए भनिन्छ, तर इमान गुमाउनेहरूमध्ये कति प्रतिशत बाध्यताको चङ्गुलमा परेका होलान्......-"
    "नमस्ते किस्नदाइ । मलाई चिन्नुभो -" अविवाहितजस्ती लाग्ने एउटी सुन्दरीले मेरो एकाग्रता भङ्ग गरिन् ।
    "मैले त चिन्न सकिनँ.....।"
    "तपाईँँँका कृतिहरूकी पाठक । अनि गीतकी श्रोता ।"
    सेतो कर्ुतासुरुवालले अलौकिकजस्तो लाग्ने शरीर सेतो कपडाले छोपेकी, सेतै ब्याग बोकेकी रूपवतीले आफ्नो सङ्क्षिप्त परिचय दिइन् । अनुहारमा चोरिहालूँ जस्तो मुस्कान छचल्किएको थियो । दाहिने गालामा सानो खोपिल्टो परेको देखिन्थ्यो । त्यसलाई डिम्पल भन्छन् क्यारे । उनको त्यो सङ्क्षिप्त परिचयले तृष्णा मेटिएन । झन् बढी खुल्दुली भयो । उनीसँग नजिकिने हतारो पलायो ।
    "तपाईँँको शुभनाम -" मैले सोधेँ ।
    "म नैतिकता शर्मा ।" उनी मुस्कुराइन् फेरि पहिलेझैँ । त्यो नाम कताकता सुनेजस्तो, कुनै पुस्तक वा पत्रिकामा पढेजस्तो लाग्यो ।
    मैले जिज्ञासा राखेँ ।
    "पढ्नुभयो होला कतै ।" अनुहारमा क्लोजअप टुथपेस्टको विज्ञापनकी युवतीको जस्तो हाँसो छायो, एकछिनका लागि ।
    युवक मन न हो, मन लोभिइहाल्यो । उनको रूपमा लट्ठ भएँ म । प्रस्ट भनुँ न, त्यतिखेर एकैछिनका लागि भए पनि मैले आफ्नो सामाजिक स्थिति बिर्सिएँ । आँखाले उनको शारीरिक भूगोलको यात्रा छिचोले । नियालेर हेरेँ, उनको रूपमा कुनै कमी छैन, कुनै कुशल मर्ूर्तिकारको उत्कृष्ट सिर्जनाजस्तो । कपाल पनि सप्रिएको बन्सोजस्तो ।
    "दाइले लेख्नुभ’का किताब मैले पढेकी छु । दाइले त कस्ता राम्राराम्रा गीत पनि लेख्नुभ’को र’छ । "एकै रथका दर्ुइ पाङ्ग्रा हाम्रो जिन्दगानी...." भन्ने उदय-मनिला सोताङले गा’को गीत साँच्चै राम्रो छ । दाइको त्यो गीत त माइलस्टोन नै हो । तर दाइ, त्यस गीतले पाउनुपर्ने जति चर्चा पनि पाएन नि, हगि -......"
    उनले एकोहोरो प्रशंसा गरिरहिन् । मलाई झट्ट कुनै चिन्तकको उक्ति याद आयो, उनले कतै भनेका छन्- "कसैलाई समाप्त गर्नु छ भने उसको प्रशंसा गरिदेऊ ।"
    मन अतालियो । छातीभित्र उकुसमुकुस भएर आयो । म कुनै गहिरो इनारमा डुब्ने तर्खरमा झैँ थिएँ ।
    "तपाईँँ पनि साहित्य लेख्ने गर्नुहुन्छ -" मैले विषयान्तर गर्न खोजेँ ।
    "अलिअलि, तर दाइको जस्तो होइन... ।" घुमाईफिर्राई उही टुङ्गो । उनले प्रशंसाका फूलबुट्टा भर्न छाडिनन् । तर यसपटकको उनको मुस्कानले भने मलाई उति असर गरेन ।
    त्यसपछि उनले मेरो व्यक्तिगत जीवन र सिर्जनाधर्मका बारेमा बेलिबिस्तार नै लगाइन् । म श्रोता बनिरहेँ । आफ्ना बारे त्यति धेरै जानकारी राख्ने मान्छे, त्यसमा पनि त्यति सुन्दरी युवती प्रशंसक फेला पर्दा कुनचाहिँ स्रष्टा मख्ख नपर्ला । त्यसमा पनि म नेपाली...।
    तर त्यसभन्दा बढी आर्श्चर्यमा हामीले गफ गरिरहेको देख्नेहरू परिरहेका थिए अर्थात् त्यहाँ उपस्थित युवापुस्ताका केटा साथीहरू । हेराइबाटै बुझिन्थ्यो, उनीहरू सिकारीले जालमा आफ्नो सिकार पारेको परिकल्पना गरिरहेका छन् । तर उनीहरूको परिकल्पनाको सिकार ती युवती थिइन् वा म थिएँ, त्योचाहिँ अनुमान लगाउन सकिरहेको थिइनँ म।
    अरूका आँखा बिझाएर के गफ गर्नु - चिया सकिएपछि मैले हिँड्ने हतारो देखाएँ । गन्तव्य एकैतिर भएकाले हामी धोबीखोला किनारको बाटो उकालो लाग्यौँ, गफिँदै । त्यसबेलासम्ममा अँध्यारो निकै गाढा भइसकेको थियो ।
    बाटामा हामीले समकालीन राजनीतिका कुरा गर्‍यौँ, सिर्जनाका कुरा गर्‍यौँ, साहित्यिक पुरस्कार वितरणमा देखिएको चाकडीवाद र पर्ूवाग्रहप्रति आव|mोश ओकल्यौँ । समकालीन पुस्ताका साहित्यकारहरूका बीचको आपसी खुट्टा तानातान, गुटबन्दी र एकले अर्कालाई र्सजक नमान्ने दर्रि्र मानसिकताका बारेमा असन्तोष व्यक्त गर्‍यौँ । प्रत्येक र्सजकको आ-आफ्नो शैली हुन्छ भन्ने कुरा पनि बुझ्न नसक्ने साहित्यकारहरूको चेतनास्तरका बारेमा खोइरो खन्यौँ, र निकाल्यौँ गुटबन्दी र सङ्कर्ीण्ाताले कसैको भलो नहुने साझा निष्कर्ष।
    बर्खाको समय, खोलाकिनारको बाटो रोपाइ“ गर्न ठिक्क पारेको खेतबराबर हिलाम्य थियो । कति ठाउँमा एकजना मात्रै हिँड्न मिल्थ्यो । पछाडि हिँड्दा डराउलिन् भन्ठानेर मैले उनलाई अघि लाग्न भनेँ तर उनले आफू पछाडि बसेर मलाई पो अघि लगाइन् ।
    म छक्क परेँ । सोचेँ, पछि लाग्नु प्रायः स्त्रीहरूको स्वभाव हो कि -
    अँध्यारोकै बीचमा उभिएर हामीले आ-आफ्नो मोबाइल नम्बर साटासाट गर्‍यौँ । नम्बर साटासाट गर्दै गर्दा मोबाइल सेटबाट निस्केको उज्यालोमा उनको अनुहार अप्सराझैँ प्रकाशमान देखियो ।
    म झन् लोभिएँ । पहिलो भेटमै एउटी सुन्दरीको मोबाइल नम्बर पाउनु मेरा लागि के खोज्छस् कानो आँखा भनेझैँ भएको थियो ।
    म उनको मनमा के कुरा खेलिरहेको होला भनेर अनुमान गर्ने कोसिस गर्दै थिएँ । त्यसैबेला उनले केही दिनपछि नै भेटेर राम्ररी कुरा गर्न चाहेको बताइन् । म खुसीले पुलकित भएँ ।
    सिफलको उकालोनिर आइपुगेपछि उनले छुट्टिन खोज्दै भनिन्- "ल दाइ, फेरिफेरि भेट्दै गरौँ है ।"
    उनी उकालोबाट दायाँतर्फो एउटा घरमा छिरिन् । अँध्यारोका कारण घरको रूप राम्ररी नियाल्न सम्भव थिएन । तर पनि नियालेँ, फेरिफेरिका लागि काम लाग्ला भनेर । उनको दर्ुइतले घर नयाँ र भव्य थियो ।
    बाटो अँध्यारो थियो, लोडसेडिङका कारण । तर उनको रूप र तेजिला कुराका कारण मेरो मन उज्यालिएको थियो । घर कतिखेर पुगेँ, आफैँलाई पत्तो भएन ।
    ....................... .......................
    भोलिपल्ट बिहान सधैँझैँ कार्यालय जान लाग्दा कपनचौकीमा माइव|mोबस फेला परेन । उपत्यका बन्द रहेछ । यत्रो बाटो हिँडेरै जानुपर्ने भयो ।
    चावहिलको गणेशस्थान हुँदै जब सिफलको ओरोलो झरेँ, उनीसँग जम्काभेट भइहाल्छ कि भन्ने आशा पलायो ।
    सिफलचोकमा सबैथोक उस्तै थियो तर अघिल्लो साँझ ती युवती छिरेको घर त्यहाँ थिएन । त्यहाँ थियो, एउटा थोत्रो र जर्जर घर, म छक्क परेँ । त्यहाँ त हिजो राति आकर्ष र साबुत घर देखेको थिएँ ।
    अँध्यारो रात, दृष्टिभ्रम पनि हुनसक्छ ।
    भत्कनै आँटेको ढोका मैले ढक्ढक्याएँ ।
    सेतै कपाल फुलेका एक जना वृद्धले ढोका खोले ।
    मैले केही सोध्नै आँटेको थिएँ तर बूढाले बीचैमा कुरा काटे- "मलाई थाहा छ, तपाईँँँ नैतिकतालाई भेट्न आउनुभएको हो ।"
    एकछिन मौनता ।
    एकछिन निःस्तब्धता ।
    एकछिन जिज्ञासा ।
    "तर", बूढाले भन्दाभन्दै रोकिए ।
    "तर....तर के -" मैले सोधेँ ।
    "तर उसको बसार्“र्ैैघि मृत्यु......।"
    "मृत्यु ---"
    मैले हठात् आँखा चिम्लेँ र उनलाई सम्झेँ । उनका शब्दहरू, उनका वाक्यहरू, उनका अनुभूतिहरू, उनका चाहनाहरूलाई सम्झेँ ।
    -भूत, कथाकार नयनराज पाण्डे)
    मेरो जीउ एकपटक थर्रर काम्यो । भूत, प्रेत, पिशाच, किचकन्या, जागित्र, बोक्सी सब वाहियात कुरा हुन् र ती कसैसँग डर लाग्दैन भन्ने एकछिन अगाडिसम्मको मेरो दाबी आफ्नै अगाडि पग्लियो, तातो घाममा परेको आइसव्रिmमजस्तो भएर ।
    "त्यसो भए हिजो राति मैले कसलाई भेटेँ -" पाण्डेको भूत कथाको उही "म" पात्रलाई जस्तै भयो त्यतिखेर मलाई पनि पनि ।
    मैले अघिल्लो साँझका घटना फेरि सम्झेँ । खोलाकिनारको बाटामा उनले मेरो अगाडि नहिँडेर पछाडि हिँड्नुको कारण के थियो - सम्भावित अनिष्ट र आशङ्काले मन पिरोलिन थाल्यो ।
    ....................... .......................
    अब उनीसँग भेट होला कि नहोला - मनमा शङ्का उब्जियो । भेट भयो भने अवश्य पनि रहस्य पत्ता लगाउनुपर्ला- मेरो मनले निष्कर्षनिकाल्यो ।
    दर्ुइ दिनसम्म म छटपटाइरहेँ । मनमा अनेक तर्कनाले रडाको मच्चाइरहे । रात-साँझ जतिखेर पनि उनकै अनुहार आँखामा आइरह्यो । सेल फोनको रिङ बजेपिच्छे म उनलाई सम्झन पुग्थेँ ।
    नभन्दै तेस्रो दिनको बिहानै उनको फोन आयो । "जे सोच्यो, त्यही प्राप्त गर्ने दिव्य शक्ति मान्छेमा छ," चिन्तक खप्तडस्वामीले आफ्ना पुस्तकमा कतै भनेका छन् । मैले त्यही वाक्य सम्भिmएँ ।
    मोबाइल फोनमा उनी बोलिन्- "दाइ, म नैतिकता ...।"
    उनको बोली सुन्नासाथ मेरो शरीर थर्र का“प्यो। मुटुको चाल बढ्यो । घाँटीमा केही अड्केजस्तो भयो ।
    आफूले चाहेको कुरा प्राप्त गर्दा पनि कहिलेकाहीँ मानिसलाई सम्हालिन गाह्रो हुँदो रहेछ ।
    अज्ञात भयले लखेटिरहेको थियो । तर मैले भागेर भएको थिएन । वास्तवमा भाग्ने उपाय पनि थिएन । त्यसैले डर दबाएर आवाजमा स्वाभाविकता ल्याउन खोजेँ ।
    उनले कुनै जटिल समस्यामा परेझैँ गरिन् ।
    "तुरुन्तै भेटू“ कि भनेर.....।"
    भेट्नु छ भन्ने मान्छेलाई नआऊ कसरी भन्ने - सम्हालिएर भनेँ- "एघार बजेसम्ममा अफिसमा आऊ न ।" सजिलोका लागि लोकेसन पनि दिएँ । मनमा त्रास मडारिएकै थियो, के विषयमा कुरा गर्न आउन लागेकी हो भनेर । सोचिरहेको थिएँ, कतै मलाई आफ्नो सिकार बनाउन खोजेकी त होइन.....।
    उनी आउनुअघि निष्कर्षनिकालेँ, मौका पारेर किचकन्या हुन् कि होइनन् पत्तो लगाउने । अनि हो नै रहेछ भने पछाडि कपालमा धागो बाँधेर उपचार खोज्ने ।
    छेउको पसलमा गए“, र सेतो रङको धागो किनेर ल्याएँ ।
    नभन्दै उनी पर्ूवनिर्धारित समयभन्दा दस मिनेट छिटो आइपुगिन् । नियालेर हेरेँ, उही कालो लामो कपाल, सेतो कर्ुता-सुरुवाल, सेतो ब्याग र उही मृदु मुस्कान ।
    उनी आइपुग्नासाथ मैले उनका पैतालातर्फहेरेँ । ती पछाडि फर्केका थिएनन् । आशङ्का आधा मेटियो । ढाड हर्ेर्ने मौका मिलिरहेको थिएन । सङ्कोच मान्दै भए पनि गफ गर्न थालेँ ।
    उनले आफ्ना गीतको डायरी मलाई देखाउन खोजेकी रहिछन् । झोलाबाट झिकेको सेतोे गाता भएको डायरी टेबुलमा राख्दै उनले भनिन्- "गायक-गायिकाहरूसँग दाइको राम्रो सर्म्पर्क छ । सङ्गीतकारहरू पनि प्रायः सबैलाई चिन्नुहुन्छ । मेरा पनि दर्ुइ-चारवटा गीत रर्ेकर्डका लागि सहयोग गरिदिनुहुन्थ्यो कि भनेर......।"
    अब भने मेरो स्थिति जोगीका घरमा संन्यासी पाहुना भनेजस्तो भयो ।
    हुन त केही वर्षघिसम्म म पनि गीत लेख्थेँ । उनले भनेजस्तै देशका एकसे एक गायक-गायिका र सङ्गीतकारहरूसँग निकटता थियो र केहीसँग अझै छ पनि । निकटता भएकै कारण उनीहरूका व्यथा थाहा पाएको थिएँ ।
    वास्तवमा हाम्रो देशका धेरैजसो गायकगायिका छोराछोरीको गाँस काटेर वा पैतृक सम्पत्ति सिध्याएर गीत रर्ेकर्ड गराउँछन् । पन्ध्र-बीस हजारमा हुने दृश्याङ्कनका लागि एक-डेढ लाखसम्म तिर्न बाध्य छन् । सबैतिरबाट चुसिएर कम्पनीलाई क्यासेट बुझाउँछन् । धेरैजसोको त पर्ुपुरामै हात हुन्छ, गीत नचलेर । कथंकदाचित् टेलिभिजन च्यानलका चम्चाहरूलाई रात्रिकालीन चियाचमेना पुर्‍याउन सक्यो र गीत चल्यो भने पनि गायक-गायिकाले केही पाउँदैनन् । क्यासेट कम्पनीका साहुजीहरू नै मालिक भइदिने ।
    त्यसैले उनीहरूका लागि एकप्रकार बाध्यता नै हो, गीतकारसँगै रर्ेकर्ड गराउने खर्च माग्नु । तर अठार घण्टा काम गरेर पनि गुजारा गर्न धौधौ हुने म बबुरो गीतकारसँग रर्ेकर्ड खर्च जुटाउने हैसियत हुने कुरै भएन । त्यसरी गीत रर्ेकर्ड गराउनुभन्दा बरु गीतै नलेख्ने निष्कर्षनिकालेको थिएँ, र केही वर्षेखि गीत लेखेको पनि थिइनँ ।
    त्यसैले मैले नैतिकतालाई भनेँ- "गीत रर्ेकर्ड गराउन असाध्यै गाह्रो छ । तपाईँँ आफूले लगानी गर्ने हो भने चैँ आग्रह गर्नसम्म सकिन्छ ।"
    एकछिन अघिसम्मको उनको उज्यालो अनुहारमा एकाएक छाया परेजस्तो भयो । उनले आफू खर्च गर्ने अवस्थामा नभएको बताइन् ।
    मलाई उनको अनुहारमा देखिएको छाया आफ्नो चाहनाविपरीत हुनसक्ने भयले डस्न थाल्यो । मन भतभती पोल्न थाल्यो । त्यसलाई सकेसम्म र्टार्न मैले चिया मगाएँ । उनको डायरी मेरो सामुन्नेमै थियो ।
    चिया आउनुअघि मैले उनको डायरीका पाना पल्टाएँ ।
    छक्क परेँ, उनका अक्षर उनको रूपजत्तिकै सुन्दर थिए । त्यसबेला मैले झापाका अग्रज पत्रकार नकुल काजीलाई सम्भिmएँ । उनका गीत पनि कमसल भन्न लायक एउटै थिएनन् । भाव, छन्द, अन्त्यानुप्रास चटक्क परेर मिलेका । मालीले स्याहारेको फूलबारीका फूलजस्ता ।
    एकैछिनमा चिया आइपुग्यो, मैले अपेक्षा गरेभन्दा चाँडो । समय त आफूले अपेक्षा गरेभन्दा चाँडो चिप्लने रहेछ ।
    हामी चिया पिउँदै गफिन थाल्यौँ, अँध्यारो साँझमा धोबीखोला-किनारको बाटोमा जस्तै । तर मलाई भने भित्रभित्रै उनीबारेको रहस्य मेटाउने रहर लागिरहेको थियो । उनको मनको पत्र पल्टाउने हतारो जागिरहेको थियो । निहुँ पाइरहेको थिइनँ ।
    उनले टेबुलमा भएको कान्तिपुर दैनिक पल्टाइन् । अनि पत्रपत्रिकामा लेख छपाउन चाहेको बताइन् । त्यसका लागि भनसुन गरिदिन आग्रह गरिन् ।
    म झनै अप्ठयारोमा परेँ, र खुलस्त भनिदिएँ- "नाम चलेका प्रायः पत्रपत्रिकाको निर्ण्ाायक ठाउँमा मेरा समकालीन पुस्ताका साथीभाइ नै छन् । तर उनीहरूलाई मेरो नामप्रति डरलाग्दो फोबिया छ । उनीहरू मेरो नाममा गएको पाठक-पत्र पनि छाप्तैनन् । मानौँ, म लेखकहरूमध्येको अछुत हुँ । यस्तो अवस्थामा मैले तपाईँँको सिफारिस .....।"
    "सायद तपाईँँको रक्तकुण्ड उपन्यास चर्चित भएकोमा आरिस हो कि -" उनले आशङ्काको झटारो हानिन् ।
    "त्यस्तो पनि लाग्दैन । भेट हुँदा आत्मीय व्यवहार नै गर्छन् । तर मेरो नाममा गएको केही पनि छाप्तैनन् । यतिसम्म कि किताबको समीक्षा पनि छापेनन् ।" मैले आफ्नो पीडा सुनाएँ ।
    "अचेल केही पत्रकारहरूमा आफू र आफ्नो गुटबाहेकका अरूलाई र्सजक नै नठान्ने मैमत्ताभाव सुरु भएको छ । आफू, आफ्नो संस्थासँग सम्बद्ध र आफ्नो गुटको मान्छेले जस्तोसुकै किताब निकाले पनि आवश्यकताभन्दा बढी प्रचार गर्छन् । यस्तो किताब त यसअघि कहिल्यै निस्केकै थिएन, नेपाली साहित्यको कोसेढुङ्गो नै हो यो, बल्ल अब नेपाली साहित्य विश्वसाहित्यको लहरमा दरिन सक्ने भयो, विश्वले स्तरीय साहित्यका लागि नेपालतर्फहर्ेर्नुपर्ने युग यही कृतिबाट सुरु भयो भन्न समेत पछि पर्दैनन् । पाठकलाई समेत वाक्क लाग्ने गरी प्रशंसा कोच्याउँछन् । तर उनीहरूको गुटभन्दा बाहिरका स्रष्टाले गतिलै निकाले पनि स्थान दिँदैनन्...... ।"
    उनले एकदर्ुइ पीडित स्रष्टा र किताबहरूको नाम पनि लिइन्, राजन मुकारुङको उपन्यास ँहेत्छाकुप्पा’, कृष्ण बरालको उपन्यास ँसमय हराएको बेला’, गोपालकुमार बस्नेतको संस्मरण ँझापाको सेरोफेरो’, बिना घलेको संस्मरण ँयात्रा’, नयनराज पाण्डेको कथासङ्ग्रह ँनिदाएँ जगदम्बा’ आदि ।
    आफूले भोग्दै आएको पीडा ओकलिदिएकामा अलिअलि दङ्ग पनि परेँ म ।
    एकैछिनको गफपछि उनी शौचालय जान भनेर बाहिर निस्किन् । मैले लामो श्वास फेरेँ ।
    उनी फर्केलगत्तै म पनि शौचालयतर्फलागेँ ।
    शौचालयभित्र नपुग्दै मेरो आर्श्चर्य अकासियो । मुटुको रक्तसञ्चारमा एक्कासि म्याराथुन सुरु भयो । हातखुट्टामा चिन्तामा बसेको वनझाँव|mीको शक्ति सवार भएझैँ भयो ।
    आफूलाई जतिसक्दो सम्हाल्ने कोसिस गरेँ । कतै भ्रममा परेँ कि भनेर नियालेर भर्ुइँमा हेरेँ । तर त्यहाँ भ्रम थिएन, मात्र सत्य थियो । शौचालयबाट निस्कँदा भिजेका उनका पाइलाका छाप उल्टो फर्केका थिए, पूरै उल्टो ।
    ....................... .......................
    अब भने उनको सामुन्नेमा पर्न पनि डर लाग्यो । अफिस छेउमा स्टेसनरी पसल व्यवसाय गरिरहेका साहित्यकार मित्र श्रीबाबु कार्कीलाई लिएर मात्रै अफिस जान खोजेँ ।
    संयोग पनि कस्तो - कार्कीजी पसल बन्द गरेर बाहिरिएका रहेछन् ।
    अब के गर्ने - म हतास र अन्योल मै थिएँ । मेरो त्यो अवस्था थाहा भयो कि कोनि उनी अफिसको ढोकामा आइन् । मुसुमुसु हाँस्दै उनले भनिन् "दाइ, किन डराउनुभएको -"
    सहज हुन खोज्दै म अफिसभित्र पसेँ । पस्दै गर्दा पुनः उनका पाइतालातिर नजर पुगे । तर अहँ, पाइताला पछाडि फर्केका थिएनन् । मनमा एकएक साहस भरिएर आयो । किचकन्या नै भए पनि के गर्ली र - मनले निष्कर्षनिकाल्यो ।
    मैले आफ्नो जिज्ञासा मेटाउने उपाय खोज्न थालेँ । तर उनैलाई सोध्नुबाहेक तत्काल कुनै उपाय फुरेन । आफ्नै सामुन्नेमा बसेकी रूपसीलाई किचकन्या हौ भनेर कसरी सोध्ने - आँट आएन, किर्ंकर्तव्यविमूढ भएँ म ।
    ....................... .......................
    एकछिनपछि अचानक उपाय फुर्‍यो, आकाशमा बिजुली चम्केजस्तै गरी । यद्यपि म भयरहित हुन सकिरहेको थिइनँ ।
    मैले डर्राईडर्राई सोधेँ, आँखा नजुधाईनकन- "तपाईँँले नयनराज पाण्डेको "भूत" शर्ीष्ाकको कथा पढ्नुभएको छ -"
    मेरा आँखामा आँखा जुधाएर उनी मुसुक्क हाँसिन् । अनि भनिन्- "तपाईँँले यही प्रश्न किन सोध्नुभयो -"
    "हैन, मलाई तपाईँँको अध्ययनशीलता जान्न मन लाग्यो ।"
    "तपाईँँँ मसँग घुमाएर कुरा गर्दै हुनुहुन्छ । तपाईँँँजस्तो लेखकले पनि घुमाएर कुरा गर्ने -"
    "ठान्नुस् त्यो मेरो बाध्यताको उपज हो ।" मैले स्पष्टिकरण दिएँ ।
    "तपाईँँँ मसँग असाध्यै डराउनुभएजस्तो छ ।" उनी मुसुक्क हाँसिन् । वातावरणलाई सहज पार्न खोज्दै उनले भनिन्- "आज तपाईँँँ पनि साँचो कुरा गर्नुस्, म पनि साँचो कुरा गर्छर्ुु" यतिखेर उनको अनुहार गम्भीर भइसकेको थियो ।
    "तपाईँँँसँग भेटेर छुटेको भोलिपल्टैदेखि तपाईँँँका बारेमा मनमा अनेक जिज्ञासा उब्जिएका थिए । अहिले ट्वाइलेटबाट फकर्ँदा पछाडि फर्केका पाइला देखेपछि आशङ्का बढेर आयो । नयनदाइको "भूत" कथाकी पात्र तपाईँँँ नै हो कि जस्तो लाग्यो । त्यसैले सोधेको .....।"
    उनले फेरि विजयी मुस्कान फ्या“किन् मतिर । उनले भनिन्- "यो कुरा अरू कसैलाई नभन्नुहोला । म त्यही कथाकी पात्र नैतिकता नै हुँ.....।"
    "होइन होला ।" मैले आशङ्का गरेजस्तो गरेँ । मनमा विश्वासको जरो गाडिइसकेको थियो, चिसो र मल भेटेको दूबोको जबडाजस्तो भएर ।
    "पत्याउनुहुन्न -" यति भन्दै उनले आफ्नो असली स्वरूप देखाइन् । कोठाभित्रको सीमित उज्यालोमा उनका आँखा अ“ध्यारामा ढाडे बिरालाका जस्तै गरी टलक्क टल्किए ।
    म झसङ्ग भएँ । निकै डराएँ ।
    "डराउनुभयो कि क्या हो -" उनी मुसुक्क हाँसिन् ।
    मैले पनि हाँसेजस्तो गरेँ । लाज जोगाएँ, तर मुखबाट वाक्य निस्कन सकेन ।
    त्यसबेलासम्ममा मेरो आशङ्का सत्यमा परिणत भइसकेको थियो । सहरकी एउटी साक्षात् किचकन्या मेरो सामुन्नेमा थिई । स्वाभाविक हो, म त्रसित थिएँ । आखिर जे पनि त हुनसक्छ ∕
    बहाना बनाएर उम्किन सक्ने अवस्था पनि थिएन । उसले मलाई आफ्नो जालमा पारिसकेकी थिई । म निडर हुने प्रयास गर्न थालेँ ।
    फेरि एकपटक मैले उसका प्रत्येक अङ्ग नियालेर हेरेँ, विज्ञापनमा देखिने युवतीहरूभन्दा कुनै कुरामा पनि कमी छैन । तर ऊ आफैँलाई किचकन्या हँु भनिरहेकी छ । कतै मेरो दृष्टिभ्रम त होइन - आफैँलाई प्रश्न गरेँ । बिस्तारै मेरो साहस बटुलिँदै आयो ।
    मान्छे कसरी किचकन्या हुन्छ भन्ने बारेमा जान्ने यो राम्रो मौका थियो । मैले प्रश्न सोध्नासाथ उनी भावुक भइन् । उनको गला भरिएर आयो । आँखाहरू साउनको सुन्दरीजल बने ।
    के सोचिन् कोनि, एकछिनपछि सम्हालिइन् । रुमाल झिकेर आँसु पुछिन् । अनि आफ्ना बारेको सम्पर्ूण्ा जीवन कहानी बताउन थालिन् ः
    "......मेरो घर तपाईँँले देख्नुभएकै ठाउँ सिफलको उकालोनिर हो । त्रिपाठी कि छोरी हुँ । मैले आई.ए. पास गरेकी छु, डिल्लीबजारको सानो पी.के.बाट । म पढ्दा रामप्रसाद दाहाल सर क्याम्पस प्रमुख हुनुहुन्थ्यो । साह्रै माया गर्नुहुन्थ्यो उहाँ । मेरो पढाइ पनि राम्रै थियो ।"
    " अनि के भो त -"
    "एक रात पेट दुख्ने रोगले म अचानक बिरामी परेँ । बुबा-ममीले हतारहतार ट्याक्सीमा हालेर मोडल अस्पताल लैजानुभयो । डाक्टरहरूले केही हुँदैन, एक-दर्ुइ दिनमा ठीक हुन्छ भनिरहेका थिए । म पनि सकुशल घर फिर्न पाउनेमा ढुक्क थिएँ ।
    तर अस्पताल बसेको त्यो रात मेरो जीवनकै अभिशाप बनेर आयो । म निदाइरहेकी थिएँ । अचानक मध्यरातमा आएका यमदूतहरूले मेरो हङ्सलाई शरीरबाट जबर्जस्ती निकालेर आफूसँगै यमलोकतर्फलगे ।
    बाटोमा उनीहरूसँग ठाडो प्रतिवाद गरेँ, अकालमै किन ल्यायौ भनेर रोइकराइ गरेँ । तर के सुन्थे उनीहरू, सुनेको नसुन्यै गरे । साह्रै निर्दयी हुँदा रहेछन् पेसेवर अपराधीहरूजस्ता.....∕
    केही क्षणपछि उनीहरूले मलाई यमराजको दरबारमा पुर्‍याए । त्यसैबेला यमलोकमा हङ्सको निकै लामो लाइन लागेको रहेछ । त्यहाँ कर्ण्ाालीमा हैजा र भोकमरीले अकाल मरेकाहरू थिए, श्रीलङ्काको तमिल-सरकार भिडन्तमा परेर मरेका व्रि्रोही र सैनिकहरू थिए, सुराकीको आरोप र कथित मुठभेडका नाममा मारिएका निर्दोषहरू पनि थिए । अरू पनि थिए, थुप्रैथुप्रै.... ।
    पालो पाउन मात्रै पनि झन्नै तीन घण्टाजति लाइनमा बस्नुपर्‍यो । जागिर खुलेका बेला लोकसेवा आयोग र सरकारी संस्थानहरूको गेटमा भन्दा चर्को हुँदो रहेछ, त्यहाँको लाइन ।
    एकछिनपछि उनीहरूले मलाई धर्मराजको सभातिर लगे । रङ्गीचङ्गी पाराका ध्वजापताका र रङहरूको सङ्गमले सजिएका धर्मराजको सभाको शान सुन्दर, श्रेष्ठ र सुकसुकाउँदो थियो । उज्यालो र भव्य थियो । अति विशिष्ट ठाउँमा आसन जमाएर बसेका धर्मराज पछिल्तिर दर्ुइजना सुसारेहरू सेतो चमरको पङ्खाले बिस्तारै हम्किरहेका थिए ।.......
    यमदूतहरूले धर्मराजको अघि मलाई उभ्याएर अर्धचन्द्राकारमा निहुरिँदै धर्मराजलाई दण्डवत् गरेर उनीहरूको भाषामा कोनि केके भने, मैले कसैगरी बुझिनँ । धर्मराजको अगाडि निहुरिँदै मेरो हङ्सको स्वरूपले फलाकिरह्यो-
    "केही गरौँ भन्ने इच्छा र अभिलाषामा आगो उमारेर किन यस्तो बिजोगमा पार्नुभएको प्रभु - मैले केही गर्न सकेको छैन । केही गरौँ भन्ने समय आउन नपाउँदै कस्तो मृत्यु बोलाउनुभएको - किन यस्तो वज्रपातमा पार्नुभएको हरे ।"
    "तपाईँँँ कृपालु र धर्मी हुनुहुन्छ । दयासागर र करुणानिधि हुनुहुन्छ । कृपा गरी मलाई छाडिदिनुस् प्रभु ।" मैले निडर भएर चाकडीको भाषामा धर्मराजसँग धेरै अनुनयविनय गरेँ ।
    सेतै फुलेका र हँसिला देखिने धर्मराजले मेरो भाषा बुझेझैँ गरी मुसुमुसु हाँसे र आफ्नो छेउमा रहेको जन्म-मृत्युको सांसारिक रर्ेकर्ड झिकेर मूल्याङ्कन गर्न थाले । केही क्षणपछि नै अघि झिकेको फाइल साबिककै ठाउँमा राखेर ठूला न ठूला बलड्याङ्ग्रे आँखा यमदूतहरूतिर पल्टाएर केही भने । उनको हाउभाउ र अनुहारको प्रकाशबाट यमदूतहरूलाई झपारेको प्रस्ट हुन्थ्यो । त्यसपछि हातले अनौठो खाले इसारा गरे । इसारापछि पुरानै यमदूतहरूले मलाई हत्तनपत्त समातेर बाहिर निकाल्न लागे । सम्झेँ, सायद मेरो हङ्स पुनः फर्किने भयो ।
    पछि बुझ्दा मेरो अन्दाज ठीक निक्ल्यो- नाउँ र गाउँ एउटै भएको कुनै अर्को मान्छेको झुक्यानमा परेर उनीहरूले मलाई टिपेका रहेछन् र धर्मराजको आदेशपछि मलाई पुनः पृथ्वीलोकमा पुर्‍याउन खोजेका रहेछन् ।
    -दृश्यहरू, कथाकार कृष्ण प्रर्साईं)र्
    धर्मराजको शासनमा पनि गल्ती हुनसक्ने देखियो । दूतहरूले मलाई सम्मानपर्ूवक पृथ्वीलोकमा ल्याइपुर्‍याए । बाटामा एकशब्द पनि बोलेनन् । उनीहरूको अनुहार उखेलेर सुकाएको मुलाको सागजस्तै थियो । ल्याइपुर्‍याउनासाथ ती एकाएक अलप भए ।र्
    र्सवप्रथम मेरो हङ्स मोडल अस्पतालको बेड नं. ३३५ मा पुग्यो, जहाँबाट मेरो हङ्सलाई उठाइएको थियो ।
    तर मेरो हङ्स निराश भयो । किनकि त्यहाँ अरू कोही नै सुतिरहेको थियो ।
    हङ्स त्यसपछि हतारहतार अस्पतालको मर्ुदाघरमा गयो, पोस्टमार्टमका लागि राखिएको छ कि भनेर । तर त्यहाँ पनि मेरो लास थिएन ।
    मेरो हङ्सले काठमाडौँका प्रत्येक अस्पतालका बेड र मर्ुदाघर चाहार्‍यो । लास कतै फेला नपरेपछि निराश भएर घरमा आयो । घरमा त रुवाबासी चलिरहेको.....। जब आँगनमा लास उठाएको सङ्केतस्वरूप काँचो बा“सका टुव|mा र रातो अबिर छरिएको देख्यो, हङ्सको हङ्सले पनि काम नगरु“ला झैँ गर्‍यो । डाँको छोडेर रोयो ।
    तर त्यहाँ चिन्तित भएर एक सेकेन्ड पनि खेर फाल्ने अवस्था थिएन । मेरो हङ्स आँसु पुछ््दै हतारहतार आर्यघाटतर्फदौडियो । आर्यघाट पुग्दा मेरो हङ्स घोर चिन्तामा पर्‍यो किनकि चितामा मेरो लास आधा जलिसकेको थियो । छिटो जलाउने उद्देश्यले घाटेहरू लासमा बाँसले ठोसिरहेका थिए ।
    एकैछिनमा चिताबाट "भ्वाट्ट" गरेर ठूलो आवाज निस्क्यो । मलामीहरूले टाउको पड्किएको अनुमान लगाए ।
    अब मेरो हङ्स निरुपाय भयो । किनकि जलिसकेको लासमा प्रवेश गर्न सम्भव थिएन । यमदूतहरू नआई यमलोक जाने उपाय पनि थिएन । त्यही दिनदेखि मेरो हङ्सले बाध्यतावश किचकन्याको रूप धारण गर्‍यो.....।" उनले आफ्नो सङ्क्षिप्त कहानी टुङ्ग्याइन् ।
    "भनेपछि त तपाईँँँमाथि यमदूतहरूबाट घोर लापर्बाही र अन्याय पो भएको रहेछ हगि -" मैले सहानुभूतिको मल्हम लगाइदिन खोजेँ ।
    "ममाथि मात्र होइन, धर्तीका हजारौँ मानिसमाथि अन्याय भएको छ । पृथ्वीलोकमा जति पनि भूतप्रेत र किचकन्याहरू छन्, ती सबै यमदूतहरूका यस्तै लापर्बाहीका सिकार हुन् । यमदूतहरू हाम्रो हङ्सलाई लिन पुनः नआएसम्म हामीले यसरी नै भूत, प्रेत र पिशाच भएर बाँच्नर्ुपर्छ... ।" उनले प्रस्टीकरण दिइन्- "किचकन्या हुनु मेरो रहर होइन, बाध्यता हो । यमदूतहरूको गल्तीका कारण म यस्तो हुन बाध्य भएँ । तर मानिसहरू हाम्रो विवशता नबुझी बित्थामा हामीलाई गाली गर्ने गर्छन्...... ।"
    "अनि जागित्र भनेको चैँ ...-" उनको कुरा काटेर बीचैमा मैले प्रश्न तेर्स्याएँ । खासमा मैले त्यस बेला झापाको बुधबारे मा.वि.मा पढाउने भक्त खपाङ्गी सरले निकालेको कथासङ्ग्रह ँजागित्रले बोलाएपछि’भित्रका पात्रलाई सम्भिmरहेको थिएँ ।
    "पत्रकारजस्तो मान्छेलाई जागित्र भनेको पनि था’ छैन -" उनको अनुहारमा अनौठोपन देखियो, खिज्याएझैँ ।
    थाहा नभएको कुरामा थाहा छ भनेर बडप्पन देखाउनुभन्दा एकछिनको उपेक्षा नै सही, मैले थाहा नभएको स्विकार्दै टाउको हल्लाएँ । प्रस्ट पार्दै उनले भनिन्- "अकालमा मरेका मानिसहरूको सद्गति राम्रोसँग भएन भने उनीहरू जागित्र हुन्छन् र आफू बाँचेको परिवेशका मान्छेहरूलाई सताउँछन् ।"
    "नैतिकताजी, तपाईँँहरूले कसैको केही बिगार गरेजस्तो लाग्दैन । तर मानिसहरू किन डराउँछन् -" म आशङ्का मेट्न उद्यत थिएँ ।
    "जो मानिस कर्ुकर्म नगरी आफ्नो इमान र सदाचारमा बाँचेका छन्, उनीहरू हामीदेखि पटक्कै डराउँदैनन् । तर जसले कर्ुकर्म गर्छन्, अरूको कुभलो चिताउँछन्, अरूलाई सताएर आफू मात्रै धन सोहोर्न उद्यत हुन्छन् उनीहरूलाई चाहिँ हाम्रो नाम उच्चारण मात्रै गर्‍यो भने पनि सातो जान्छ ।" यसपटक भने उनको मुहारमा पूणिर्माको जून उदाएकोजस्तो देखियो ।
    "अनि यसरी मानिसहरूलाई भेट्दै हिँड्नुको कारण.....-"
    "म मान्छे छँदाका अधुरा इच्छा, आकाङ्क्षा र चाहना पूरा गर्न चाहन्छु । त्यसबेला हेप्नेहरूसँग एकएक गरी बदला लिन चाहन्छु.......।" यतिखेर उनको बोलीमा कठोरता थपिएको थियो ।
    त्यसैबेला अचानक ब्यागमा रहेको उनको मोबाइल फोनमा गीत बज्यो, फोन आएको सङ्केत दिँदै । गीत पनि आफ्नो जीवनसँग मेल खाने खालको राखेकी रहिछन्, मेरै साथी रामकृष्ण ढकालको स्वरमा रहेको- "जिन्दगीले यसरी धोका दियो कि....।"
    फोन उठाइसकेपछि उताबाट के आवाज आयो थाहा भएन । जवाफमा उनले भनिन् "म कृष्ण अविरलदाइको अफिसमा छु । आइपुग्न आधा घण्टाजति लाग्छ होला ।"
    "...................।"
    "हस्, म तुरुन्तै हिँडिहालेँ ।"
    फोन झोलामा थन्क्याउँदै गर्दा मतिर फर्केर हतारिँदै भनिन्- "दाइ, मलाई साथीहरूले जरुरी मिटिङमा बोलाए । श्लेश्मान्तक वनमा तुरुन्तै पुग्नुपर्ने भो, अहिलेलाई जान्छु है ।" यति भन्दै गर्दा उनले आफ्नो ब्याग च्यापिसकेकी थिइन् ।
    म अन्योलमा परेँ । किनकि उनीसँग थुप्रै जिज्ञासा मेटाउन बाँकी नै थियो । अँध्यारामा देखिने सिफलको सुन्दर घर उज्यालोमा खण्डहरजस्तो देखिनुको रहस्य खोतल्नै थियो । पैताला अरू मान्छेको जस्तो देखिए पनि पाइला पछाडि फर्केको देखिनुको कारण सोध्नै थियो । खानपान, बसोवास, साथीसङ्गतिहरूका बारेमा बुझ्नै बाँकी थियो । तर उनैले नै हतारो देखाएर जान्छु भनेपछि कसरी रोक्ने -
    "फेरि भेटा“ैला है ।" मृदुमुस्कानसहित उनले थपिन्- "तपाईँँको अफिस देखेँ । पछि पनि आउँदै गर्छर्ुुन ।"
    मैले स्वीकारोक्ति जनाएँ । उनी हात हल्लाउँदै मेरो अफिसबाट बिदा भइन् ।
    उनी गएको बाटो हर्ेर्दै म टोलाएँछु निकैबेरसम्म ।
    र अहिलेसम्म सोचिरहेको छु- "त्यति सुन्दर रूप भएकी नैतिकता वास्तवमै भूत नै हो - के ऊ अब वर्तमान हुनसक्तिन -"


  • झुकेको हिमाल
    विधा : गजल
    गजलकार : घमराज लुइँटेल
    प्रकाशक : अनाममण्डली
    _________________

    सागर थियो कुलो बनी सुकेको छ देश
    नेपालीकै मुटुभित्र दुखेको छ देश

    ढुङ्गो-माटो देखाउँदै नेपाल भन्छन् कोही
    यथार्थमा लजाएर लुकेको छ देश

    गाँस-वास, कपास छैन, रक्षा पनि छैन
    लोकतन्त्रका फोस्रा भाषण भुकेको छ देश

    थाप्लामाथि पैतालाका सलामीको मार
    शिरको टोपी, हिमालसँगै झुकेको छ देश

    कहाँ थिए, कहाँ पुगे छिमेकीलाई हेर
    पाइलैपिच्छे मोडमोडमा चुकेको छ देश !
    _____________________________

    मेरा मित्र घमराजजीलाई
    गजल ~ यात्राका लागि हार्दिक शुभ कामना !


  • पैयुँका फूलहरू
    विधा: हाइकु
    हाइकुकार: केदार सङ्केत
    प्रकाशक: विश्व नेपाली साहित्य महासंघ
  • ~

    ~
    विधा: मुक्तक
    मुक्तककार: विजय राना
    प्रकाशक: माता-पिता


    कति चोट पर्दा त, सहन्छन् जिन्दगीमा
    भो नरोऊ आशु कति, बहन्छन् जिन्दगीमा
    एक दर्ुइ पटक हार्दा पनि, यति धेरै निराश -
    बिजय पराजय त, भई रहन्छन् जिन्दगीमा !!

    जसलाइ मैले आफ्नो ठान्छु ,उहीबाट धोका हुन्छ
    आफ्नो भनि जहाँ जान्छु , उहीबाट धोका हुन्छ
    बिश्वास कस्तो - कसम कस्तो - बुझ्नै गाह्रो रैछ-
    सगंसगै कसम खान्छु ,उहीबाट धोका हुन्छ !!


  • डायस्पोराको मान्छे
    विधा: कथा
    कथाकार: होमनाथ सुवेदी
    प्रकाशक: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)
    वाशिङ्गटन डी. सी. मेट्रो च्याप्टर
    संयुक्त राज्य अमेरिका

    ~डायस्पोराको मान्छे~

    म थिएँ, अमेरिकामा । हंस नेपाल हुन्थ्यो । हराएको मेरो रूप । डायस्पोराको म दर्ुइवटा काला घोडा चढी निरुद्देश्य मकैबारीभित्र दौडिरहेको थिएँ । मकैबारीमा हरियाली थिएन । सुकेका डाँठहरू ठडिएका थिए । केही पर लोस थियो । पशुहरू चरिरहेका थिए । मलाई लाग्थ्यो- ती वन्यजन्तु थिए । माथिल्लो गराबाट एउटा टाटेपाटे प्रचण्ड बाघ फराल्यो । तल्लो गरामा अर्को बाघ राजाले सिंग थापिरहेको थियो । ती ड्याम्म जुधे । त्यसको नादले मेरा घोडा तर्सिए । म भागें पछिल्तिर मैले ठानेको थिएँ । म र मेरो दोस्रो चाहि घोडा त बाघको जुधाइ काटेर अघि बढे होलान् । पछि फर्केर हेरें । जुधेका बाघ थिएनन । ती त बसाहा थिए । सिंग उनको थिएन । जुरोको थुम्को नै ठोकेर लड्दै थिए । उनको मुन्टो टाङमुनि परे पनि उनलाई प्रवाह थिएन । सायद, उनलाई आफ्नो जीवनको सुरक्षाभन्दा अर्काको जीवनमा असुरक्षा उत्पन्न गर्नुमै आनन्दानुभूति भैरहेको थियो क्यारे । होक्काँ, होक्काँ गरी कराइरहेका थिए । म र मेरो दोस्रो घोडा देखिन तर सायद म नै छाया थिएँ । मैले सुनें एक खित्को हिहिहि हिहिहि । दायाँतिर हेरें ध्वनि थिएन केवल मेरो आफ्नै छायाले मुख बन्द गरेको जस्तो देखें । पर्ूव फर्केर हेरें र्सर्ूय थिएन । न उनी मध्यमाञ्चलमा थिए न अस्ताञ्चलमै । यो थियो अमेरिकाको डायस्पोरक दिनको मध्याह्न । मध्यरातमा पनि किन यो छायाले मलाई पछ्याइरहेको छ - मलाई शंका लाग्यो, कही म नै छाया त होइन - यो डायस्पोरामा मलाई होइन, छायालाई नै मैले पछ्याइरहेको त छैन कही - हुन पनि यसो विस्तारै छातीमा छामें । मेरो छाती थिएन ।
    यो कथा सुन्नेलाई पनि अजीव लाग्ने । यो कुन नयाँ डायस्पोरिक संसारको जीवन कहानी रहेछ । पात्र 'फरेन ल्यान्ड'को गति 'मदरल्याण्ड'को । त्यस बेला तक म फर्केर पुनः वसाहाको जुधाई भएको ठाउनेर पुगिसकेको थिएँ । ऐले त्यहाँ वसाहा थिएनन् थिए पद्मबहादुर मुखिया र चक्रबहादुर जिम्वाल । साझा गौचरन कस्को नाममा दर्ता गर्ने ! को हो त्यसको हकदार - दुवै पर्ूण्ात आत्म केन्द्रित थिए । एकदोश्राले एकअर्कालाई गालामा झापट दिएर कुटाकुट गरिरहेको थिए । मैले वास्तै गरिन ।
    तिनीहरूसित मेरो घोडा तर्सर्ेेपनि । म मैदानको ठूलो गराबाट अगाडि बढेँ ठाडो बाटो काटेर । अैसेलु र चुत्राका काँडाले मलाई कोतर्दै थिए । स्टार वारमा होमिएको मलाई गोर्खाली खुकुरीको धार देखाएको दृश्य देखेर म खित्का छोडिरहेको थिएँ । मैले घोडाको लगाम नै छोडी दुवै हातले मुख थुनें । त्यो रातमा देख्ने को थियो र - म जति हाँसे पनि हुन्थ्यो तर म र्समाएँ । सायद म भित्रै पनि यौटा अर्को मानिसले चियाइरहेको थियो क्यारे । किन नहोओस् । मेरो शरिर त डायस्पोरिक अचानोमै परेको थियो ।
    वेलगामको घोडा रोकिन्थ्यो कसरी - त्यो घोडाले गुडायो चारपाङ्ग्रा तीव्र गतिले । उसले मैदानको मकैवारीलाई विमानस्थल बनायो, भन्ज्याङ्ग पार गर्‍यो । ऊ थिएन धरतीमा । उसले नदिनाला डाँडाकाँडा सबैलाई नाघेर मैदान बनाइरहेको थियो । मैले यसो आफ्नै शरीरमै मोडिएर हेरेँ । म पनि त्यही घोडैमाथि थिएँ । मलाई लाग्यो-त्यो वाइपङ्खी घोडा रहेछ क्यारे । म किन न खसेको - के म त्यही हावामा नै जिइरहेको थिएँ - मृत्युको आकासमा अमरताको झण्डा फहराएर झुण्डिरहेकेा थिएँ । मैले हेरेँ तल । कोही थिएन । तर यौटा कुकुर भने तत्काल भुक्दै आयो । कुकुरको रग हरियो र पहेलो रंगले रंगिएको थियो । ऊ भुक्थ्यो पक्कै टोक्नलाई । तर दाँत उसका कुडिइसकेका थिए । उसको गलो सुकिसकेको थियो कसैको रगत पिउन नपाएर । म त थिइन त्यहाँ - मैले त मेरो यौटा प्लाष्टिकको आकृति बनाई त्यसैमा 'हार्ट इम्प्लान्ट' गरी पठाएको थिएँ । मलाई टोकेर रगत आउन्नथ्यो । मसित रोएर मेरो आँसु आउन्नथ्यो । म त कस्तो साँच्चै सुख र दुःखबाट मुक्त जीव थिएँ । म त मध्यरातमा भालदेखि कपालको सिउँदो छुदै गर्धनतिर लगेर सुषुम्नामा जडान गरिएको इलेक्टि्रक स्वप्न रेकर्डिङ कम्प्युटरको एक ग्राफ थिएँ । केवल कोरिएको ..........हिमालको एक टेडोवाङ्गो नाप थिएँ । केवल आकृति मूलक अभिव्यक्ति । को पढ्न सक्थ्यो भाषामा - विना अनुभूति,विना तीक्ष्ण दन्त पछि विना डायस्पोरिक समालोचनाको चेत गाढ्यो दाँत मेरो गोडामा अनि उडिरहेको घोडामा । मेरो टाउको त हल्लिन्नथियो तर मेरा दुइकानले देखे-यौटा कुकुर टुक्रिएर, हरियो दायाँ पहिलो बाँया, कुुइय्याँ कुइय्या गर्दै छोडेर दाँतै, भागिरहेको थियो । मैले ठूला ठूला ओठ पल्टाएँ अनि एकवार शिर हल्लाएँ-म के गरु - दुइवटा मात्र दाँत देखाएँ । मेरो मुखबाट घृणा र सहानुभूतिको प्रश्वास एकै मुठो बनेर स्वाट्ट निक्ल्यो-यसमा मेरो के दोष -
    त्यस बेला मैले सोचिन-म मात्र निर्दोष भएर जिउन सकिन्न । म के हुँ । आफैले आफैलाई मात्र पिउन सकिन्न । उसको पनि दोषको दर्ुर्निवारण हुनर्ुपर्छ । आजको कुकुरलाई हामीले मानिस बनाउन सक्नर्ुपर्छ । मेरो यो । मेरो यो 'प्लाष्टिकको शरीरलाई पनि हात मुख जोर्ने हक दिइनर्ुपर्छ । मेरो थुनिएको मुखलाई पनि ज्रि्रो फट्कार्ने कला कोरिनै पर्छ । ज्रि्रो फट्यार्ने कला कोरिनै पर्छ । म यस्तै के के सोचेर किमिचौरको डीलमा उभिएको थिएँ । थिएनन् मेरा घोडा, थिएन कुनै जोडा । हर्ेदाहर्ेर्दै कुन बेला परिवर्तन भयो कुन्नि मलाई थाहै भएन । किमिचौरको पूरा खेतको फाँट एक रंगशाला बनेको थियो छेउछेउमा असंख्य साना-साना पक्की भवन थिए । म विना टिकेट नै भरखरै भित्र पसेर ठिङ्ग उभिई दशरथ रंगशालामा हेरिरहे जस्तै गरी उभिएको थिएँ । सात पार्र्टर्ीका नेताहरूको भाषण थियो । मलाई अचम्म लाग्यो- कहिले पोखरा मुस्ताङ्ग राजमार्ग बनिसक्यो - कहिले बेनीबाट यस गाऊविकास समितिका किमिचौरसम्म मोटरेलबाटो चुहिसक्यो ! म थिएँ किमिचौर नै । रंगशाला भित्रै । वाहिर वाशिङ्गटन डी. सीं.को भीडमा कार पार्क गर्ने खाली ठाउँ नपाए जस्तै गरी मानिस घुमिरहेका थिए । डायस्पोराको नेराफेरा भित्रै ।
    मैले एकवार आँखा मिचे । रंगशालाको केन्द्रमा हेरे । मलाई शंका लाग्यो मेरो आँखामा कसेर त परको छैन - दुवै हातले आँखा मिचें । अझै मैले कुनै मल्लयुद्ध भएको देखिन । सिटहरूमा हेरे - सबै रिक्त ! फेरि रंगमञ्चमा हेरें । कोही थिएन , कोरा शून्य ! तडडरररर तालीको ध्वनिले मेरो कान रोपियो - जित्यो दाह्रासिंहले !! प्रचण्डले ! पल्टायो पहलवान नेपालले ! क्राग्रेसको गेमले आकाश गुञ्जियो । मैले फेरि दृढ निश्चय साथ आँखाको परेला माथि खिचेर तीक्ष्ण दृष्टिले हेरें - धत! च ! अझै केही देखिन ! म विस्मित थिएँ ! म हेरिरहेकै थिएँ । दृश्य कुन बेला बदलियो - म छक्क परें । रंगमञ्चमा कार्तिके धानका वाला झुलिरहेका थिए । कुकुर विरालाका शवले दविएर कुनै कुहिरहेका थिए । थियो यौटा खरानीको थुप्रो ! दर्शक, त्यसलाई धानको रास भन्थे । केन्द्रमा थियो काठको मौलो ! श्रोता त्यसलाई सुनको भन्थे । लेखिएको थियो 'जीवन-मृत्यु' । पाठक त्यसलाई 'जीवन-मुक्त' भन्थे । बाँसका घाराका लिङ्गाभित्र कोरिएका याजक तर्सिएर मृत्युदेखि खण्डित भैसकेका थिए । दुलही रुन्थिन् । छोराहरू हाँस्थे । सयभाइ छोरा बाँसको घारामा बाबुलाई तर्ेसाउन झयाइँकुट्टी पार्दै थिए ।
    मैले लामो सास फेरें । एकवार ललाटमा छामे अनि आँखा मिचेर पुनः रंगमञ्चमा हेरें । न त्यहाँ धान्य पर्वत थियो, न त्यहाँ किमिचौरको रंगमञ्च । म झस्किएँ -म पागल त भइन - मैले म स्वयम्लाई निहारे । त्यो डायस्पोरा पनि हैन । तर म थिएँ अमेरिकामा । केही क्षण हराएँ र झस्किएँ -काया डायास्पोरामा माया नेपालको स्वपिल संसारमा ।
    म उही पर्ूर्वीस्थानमा अबोध शालीक जस्तै उभिएकै थिएँ उही रंगशालामा । तर मेरो पेट रित्तो थियो । मैले फेरि तल जमिनमा हेरें । त्यहाँ धानको रास थिएन । न थियो याजकको लाश बरु भोज थियो । असंख्य मानिस त्यो सत्रमा गई टपरी थापेर खादै थिए । म पनि फटाफट झरें । पर गएँ । बाटो भेटाइन । वर आएँ बाटो भेटाइन । फेरि तल माथि यता उता घुमें । सत्रको भोजमा पनि मैले मौका छोप्न सकिनँ । म कस्तो अभागी ! धिर्कार्दै थिएँ । म कति दिनको भोको थिएँ । मैलाई थाहा थिएन । म हराएको थिएँ । त्यो हराएको भन्ने अनुभूति पनि कति दिनदेखि हराइसकेको थियो । म हराएको हराएको मानिस कुन बारले मलाई बाटो छोड्न सक्थ्यो ! हराएरै म कता कताबाट बाटो बिरिएर तलबाट रंगमञ्चमा उक्लें, डायस्पोराबाट फुत्कें । तर त्यस वेलासम्म जुठा टपरीहरू च्यात्तिएका दुनाहरू मात्र त्यहाँ थिए । अर्को ठाउमा गएँ - पेपर प्लेट र पेपर टावेलहरू मात्रै फ्याँकिएका थिए । अर्को ठाउँमा गएँ । त्यो शौचालय रहेछ ! फेरि मैले दोहोराएर सोचें - हरएक प्राणीको मल काउलीमा वा मुलामा हाल्न हुन्छ भने त्यसलाई परिशोधन गरी भोजन बनाउन किन न हुने - आखिर हुँ त म प्लाष्टिककै । म मा 'म' रहेकै के छ र - मातृभूमि र परदेशबमट बनेको यो डायस्पोरिक चेत मान्छेहरू 'रोबोट' वाहेक बचेकै के छ र -
    म सोच्दै थिएँ - हुन त यसो गरे पनि हुन्थ्यो - दर्ुइ प्रकारको खाना खाने मानिसको नियम ! यसो गर्दा कम्तिमा म जस्तो निर्वासितले 'मल' नै खाएर पनि मानिसको रूपमा केही दिन आयु बढाउन त सक्थ्यो - मृत्युको बन्द कोठामा जन्मिएको म कति दिन सास फर्ेन सक्थें कुन्नि - पँूजीले नङ्गयाइएको म जे पनि खाना हुने स्वतन्त्रता पाए खुलारूपमा कति मलका थुप्रा तात्तै खाइदिन्थे कुन्नि - कति रहर होला मातृभूमिमा जिउनुको मलाई । अरूले तच्छण चोइटाइदिए किन हो कुन्नि - म त्यहाँ छदै थिइन ।
    दर्ुइ पहाडको वीचबाट बहेको नदीको किनारमा यौटा डायस्पोराको पक्की सडक थियो । ओलो भित्ता पल्लो भित्तामा धुपी र सल्ला हल्लिरहेका थिए । ठन्डीको समय , म नाङ्गै थिएँ । हावाका झोक्काले - दुवै पहाड ममाथि लोटाइदेला जस्तो गरेको थियो । म दर्ुइ हातले नाग्लो समातेर विस्तारै उकालोमा पैदल हिड्दै थिएँ । नाग्लोभित्र के थियो कुन्नि - निक्कै थियो । सेता कोराले ढाकिएको थियो । मेरा हात जत्तिसुकै गले पनि मैले त्यसलाई जमिनमा राख्न हुन्नथ्यो । त्यो कसैलाई देखाउन पनि हुन्नथ्यो । म प्रतिवन्धित थिएँ । कसले मलाई त्यो काम लगायो - के काम म गर्दै थिए - त्यो सबै जान्ने हक नै मलाई दिएका थिएनन् । युग गए , तर मेरो त्यो सन्ध्या कहिल्यै वितेन । पल्लो पहाडको, माथिल्लो पहराको ककेरामा एक मानिसले मलाई चियाइरहेको देखिन्थ्यो । त्यो जवान, अधावधिक, पाश्चात्य पोषाकका थियो । नीलो वर्ण्र्ााे कपडाकितर् इष्र्यालु दृष्टिले निर्निमेश उधो मुन्टो लगाएर मेरो नाग्लोलाई हेरिरहेको थियो । किन हो कुन्नि - त्यो गिद्ध थियो कि - मेरो पर्ूखा र सन्तान सबैको शव के त्यही नाग्लोमा थियो - वा 'म' 'म' नै त्यसैमा थिएँ - म हिडिरहेको थिएँ । हिडाइकै लागि यो डायस्पोरामा जिउन अभिशप्त म मलाई धिक्कार दिदै पदयात्रामा नै थिएँ । हिडाइ बन्द नहोला तर योर् इष्यालु आँखाबाट त पार लाग्न सक्थें । मृत्युलाई त अंकमाल गर्नै पर्थ्याे तर यो पहाडलाई त नाघ्न सक्थें ! कसरी युग बदलिएको थियो कुन्नि - म जत्ति उकालो चढ्थें, पछि फर्केर हर्ेदा मेरा पाइतला बेंसीमा नै टाँगिएका पाउथें । म थकित थिएँ । तर ढल्न सक्दैन थिएँ । म पराजित थिएँ तै पनि मैले स्वतन्त्र मुटुको स्पन्दन बन्द गरेको थिइन । निरन्तर अश्रुधारा बहेर सुकी डायस्पोराको मेरो गालामा परेको कलेटी जस्तै पक्की उकालो सडकको यात्रामै म पनि थकित कलेटी परिसकेको थिएँ । किन हो आश मरेर हो कि कुन्नि मेरो रक्तश्राव चाही कहिल्यै बन्द थिएन । म एकाकी, विक्षिप्त मनसा उकालो चढ्दै थिएँ । कहिले नाग्लोेलाई शीरमा राखेर कहिले दर्ुइहातैले उठाएर । कोरालाई हेरी त्रस्त भएर । मृत्यु ± 'ब्याकहोम' ± 'फ्रन्टहोम'बाट बनेको एक डायस्पोरिक ± अनाम मानव बनेर ।
    चौतारी आयो । म विसाइ फर्ेन चाहन्थें । मैले विसाइ फर्ेन हुन्नथ्यो । यो कुरा एक मिनेटको लागि मैले भुलेको थिएँ । अचानक त्यो पिपलको बोट नै ढल्लो । चौतारी रहेन । बाटो सबै भत्कायो, म मात्रैलाई जिउन बाध्य बनाएर । त्यो रुखको भयावह नादले म तर्सिएको थिएँ । 'मेरो देशै डुब्न थाल्यो । म तर्सिदै म अमेरिकाबाट हृयात्त नेपाल फरालें । डायस्पोराबाट तल खसे । "धत ! सपनाले पनि मलाई सहन्न !" म सपनाबाट विपनामा खसें ।
    म जुरुक्क उठेर कलम समाती उही उकालो लागें । वाशिङ्गटन डि.सी.को जागिरको उकालो । मोर्टगेज अटो र युटिलिटीको पेमेन्टको उकालो । नयाँ स्वप्रिल नेपालको नारा भाडा र भत्ताको उकालो, बि. बि .सी नेपाली समाचारको उकालो । यो मन न परेको ठाउमा बसेको डायस्पोरिक लेखनको उकालो ! परिचय हराएका मान्छेको कथाको उकालो ! कहिल्यै नसकिने 'द्यौराली'को उकालो !

  • बतासले चोट लाग्दा
    विधा: गजल
    गजलकार: करूण थापा
    प्रकाशिका: सरिता थापा

    तिमी छेउ छैनौ भन्ने आभासले चोट लाग्छ ।
    टुक्रिएको फूल हुँ म बतासले चोट लाग्छ ।

    धेरै रोएँ जिन्दगीमा अब पत्थर हुन्छु भन्थें
    यति कोमल मन छ कि कपासले चोट लाग्छ ।

    अँध्यारोमा बस्ने बानी परे पछि के लाग्छ र
    सानो सानो जुनकिरीको प्रकाशले चोट लाग्छ ।

    आफै बस्ने घर पनि पर जस्तो लाग्छ मलाई
    तारा हुँ म कहिलेकाहीं आकाशले चोट लाग्छ ।

    ज्यानै दिंदा पनि तिमी कसम खाउ भन्छेउ अझै
    तिमीले म माथि गर्ने विश्वासले चोट लाग्छ ।
    _________________________________

  • क्षितिजपारिका सपनाहरू
    विधा : कथा
    कथाकार : शेखर ढुङ्गेल
    प्रकाशक: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)


  • अन्तर्दृष्टि
    साहित्यिक त्रैमासिक
    प्रकाशक: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)


  • श्र्लेष्मान्तकको साम्माङ्
    विधा: कथा
    कथाकार: टंक वनेम
    _______________

    ~चेरीको बोट~

    त्यति खेरमात्र मलाई अलि अलि थाहा हुन थालेको थियो । डयाडीले किन चेरीको बोटमा लगेर मलाइ मन पर्ने मिठाइ चकलेट दिनु हुन्छ। मायाले चुम्नु हुन्छ। कहिले काहीँ आँखा भरी आँसुको दाना टिलपिलाएको देख्थेँ। डेभिड दगुरेर आउँथ्यो र चकलेट खोसाएर भाग्थ्यो। डेभिड मेरो चौथो दाई उ निकै छुल्याहा र झगडालु स्वभावको थियो। घरमा पारिवारिक रमाइलो वातावरण नहुनुको साथै आमा र बाबुको खटपट परिरहन्थ्यो। छिमेकीहरु कतै टाढा छुट्टि मनाउँन जान्थे। होलीडेमा विताएका रमाइलो दृश्य र खाने परिकारको वर्णन गर्थे। तर हाम्रो परिवारमा त्यस्तो रमाइलो गर्ने समय कहिले जुर्दैन थियो। चेरीको बोटनेर किन ड्याडी मेरो गाला चुमेर रुनु हुन्छ भन्ने रहस्य बुझदै गएँ। आमाको इत्छा रहेछ दुई भाई छोरा जन्मे पछि अरु बच्चा नजन्माउँने तर डयाडीलाई भने एउटा छोरी हुनै पर्ने रहर। छोरीकै रहरमा हामी पाँच जना सन्तान जन्मेका रहेछौं। शायद त्यही कारण दुई संन्तान पछिका दुई छोरा र मसंग आमाको न्यानो संम्बन्ध कायम हुन सकेन।
    प्रायःघरमा दुई संन्तान पछिका दुई दाई र मेरो विषयमा बाँझो भई रहन्थ्यो। आमाको रुखो ब्याबहारले सबै छोरा छोरी र डयाडीलाई अप्ठ्यारोमा पारेको थियो। एक दिन चेरीको बोटनेर डयाडीले मुख खोल्नु भयो। सारा तिमी आन्टीको घरमा बसेर पढ्न चाहान्छौ? उत्तिन्खेर जवाफ दिन सकिन। केहि बेर अलमल्लिएर भनेँ आन्टीको घरमा को को छन्? डयाडीले भन्नु भयो आन्टीका दुई छोरी जुली र केट तिम्रै उमेरका छन्। डेभिडले सत्ताएको आमाको खस्रो ब्याबहार,घरको असमझदारी कचकच संम्झेर जान्छु भन्ने मौन स्वीकृतीको मुन्टो हल्लाएँ। भरखरै मेरो १२ बर्षको जन्म दिन मनाइएको थियो। त्यो जन्म दिनमा पनि खासै रमाइलो भएको थिएन। डयाडीको इत्छा रहेछ अलि ठूलै पार्टीको आयोजना गर्ने तर आमाले बार हालेकी रहेछिन्। जन्म दिनको भोली पल्ट सेराले जन्म दिन कस्तो भयो भन्ने प्रश्नमा म लाजले पानी पानी भएको थिएँ। त्यही हप्ता जेठा दाई ब्राइन १८ बर्ष पुगेको हुनाले उ अन्तै बस्न हिड्यो डयाडी र मम्मीलाई थाहा संम्म थिएन उ कहाँ के गर्दै छ?
    एक दिन सोफामा बसेर मम्मीले पत्रिका हेर्दै भन्नु भयो। अब तिमी काम नलाग्ने पत्रु भयौ। मम्मी सिक लिभमा बसेकी महिनौं बिती सकेको थियो। पछि थाहा भयो डयाडीले काम गर्ने रेञ्ज रोभर कम्पनी टुट्ने भएछ। डयाडीको अध्यारो मुहार हेरेर माया लाग्थ्यो। यस्तो आर्थिक कठिनाइको परिस्थितिमा पनि मलाई मन पर्ने मिठाई,चक्लेट,पिज्जा र अन्य खाने कुराहरु भने ल्याई दिनु हुन्थ्यो। किचनमा मम्मीको उपस्थिति कमै हुन्थ्यो। माइला दाई ज्याक किचनमा पसेको दिन म अघाउँञ्जेल खान्थेँ। माया गर्ने दाईहरु मध्ये ज्याक नैं पहिलो थियो। ज्याकले चक्काचुली खेल्न र साइकल कुदाउँन मेट्रोरेलको छेउ छाउ निकै पर ....परसंम्म लान्थ्यो। डयाडी र ज्याक नभएको दिन घरमा बस्न मन लाग्दैन्थ्यो। एक दिन आमालाई मन पर्ने टिभी प्रोग्राम ल्कीक गर्दा आमाबाट जुन हप्काई खाएँ त्यो गीदीबाट कहिल्यै बाहिर निस्कन सकेन। “मैले मारेको जीउँदो मान्छे तेरो चकचके हात काटी दिन्छु” अरु के के भन्दै निकै बेर फतफताएर अनुहार रातो बनाउँदै उग्र डेभिलको रुप लिए पछि म डरले ज्याकको कोठातिर लागेकी थिएँ। एक दिन आलु चिप्स र बिन्स खान्न भनेर अटेर गर्दा कालो टेपले मुख बाँधेर टवाईलेटमा कोच्चिन्नु परेको थियो। आमाको स्वाभाव दन्त्य कथाको छुच्ची बूढीको जस्तै थियो। उहाँको रुप पनि सुन्दर थिएन। पातलो शरीरमा ब्वाइजकट हेयर स्टायल रातो र खैरो कलरले केश रङगाएकी थिइन। जब फ्राइडे नाइट आउँथ्यो घरमा आमाको बास नहुने भए पछि अर्को झगडाको बीउ रोपिन्थ्यो।
    यी सबै कुराहरुबाट दिग्दार भएर होला एक दिन डयाडीसंग भनेको थिएँ। डयाडी म आन्टीको घरमा बसेर पढ्न चाहान्छु। डयाडीले भन्नु भयो रबिन्सनले कुनै नराम्रो ब्याबहार गर्‍यो कि? डयाडी मम्मीलाई रिस उठेको बेला रबिन्सन चरोसंग दाँज्नु हुन्थ्यो। मैले भनेँ त्यस्तो केहि भन्नु भएन। डयाडीले भन्नु भयो हुन्छ म आन्टीलाई फोन गर्छु। मम्मी हस्पिटल गएको बेला फोन गर्नु भयो। डयाडीले सुटुक्क भन्नु भयो सारा जुली र केटसंग पढ्न पाउँने भयौ। यो कुराकानी भएको ६ महिना पछि एक समर फ्राइडे नाइटको साँझ आमाले लुगा पहिरिनु भयो। सोफामा बसेर निकैबेर घुरेर हेर्नु भयो। सिगरेटको ठुट्टा एस्ट्रेमा निभाउँदै भन्नु भयो। ज्याकलाई भन्नु साँझको डिनरको मेनु किचन टेवलमा छ। हुन्छ भन्ने मेरो मौन स्वीकृतिमा टाउको हल्लिए पछि मम्मी लागिन समर ड्रेसमा फ्राइडे नाइट मनाउँन कुन्नि? कताको पवतिर। डयाडी पेन्टीङ जबबाट घर आइपुग्ने बेला भएको थिएन। आफ्नो लाने लुगाहरु मिलाउँदै गर्दा कसैले ढोका ढकढकायो। ज्याक पार्ट टाइम सकेर घर आइ पुगेका रहेछन्। लौ तिम्रो लागि यो उपहार भनेर उ आफ्नो कोठातिर लाग्यो। पोका भित्र एउटा सुनौलो हयान्ड ब्याग थियो। मन मनै अन्दाज लगाएँ। ज्याक दाई र डयाडीको सल्लाह अनुसार म घर छोड्ने भएछु। बिहानै उठेर ज्याकले ब्रेकफास्ट बनायो। टोबी र डेभिडले टेबलमा खानेकुराहरु सजाए। एउटा रमाइलो वातावरण तयार भयो। मम्मी र ठूलो दाई ब्राइन बाहेक सपरिवार बसेर ब्रेकफास्ट खाने अन्तिम बिहान थियो त्यो।
    टोबी,ज्याक र डेभिडले हक गरे डयाडीको सेतो गाडीमा समान राखेर यात्रा शुरु भयो। करिव तीन घण्टा पछि न्यूक्यास्टल शहरको छेउछाउ एउटा सुबुरुवमा आइ पुगियो। जहाँ जुली र केट मेरो प्रतिक्षामा बसेका थिए। उनीहरुलाई दुइ पल्ट बर्मीङघाम फेस्टिभलमा भेटेको थिएँ। पत्राचार भइ रहन्थ्यो। केटको बर्थडेमा मेरै हातले पेन्टीङ गरेको “कन्ट्री एन्ड पिपल” शिर्षकको आर्ट बनाएर पठाएको थिएँ। त्यो आर्टको नाम “इन्भेरोमेन्ट मेक पिपल” राख भन्ने ज्याकको आग्रहलाई भने मानिन्। जुली र केटसंगको भेट रमाइलो रहर्‍यो। मम्मीसंग छुट्टिन परेकोमा कुनै पश्यताप र वियोगले पिरोलिन परेन। शायद मम्मीले पनि म टाढा गएकोमा त्यस्तै खालको महसुस गरिन होला? डयाडी र आन्टी बीच लामो दुःख सुःखका गफगाफ चलेको थियो। जुलीको मम्मीले हाम्रो कोठा देखाउँनु भयो। जुली र केट डवल बङकमा सुत्ने भएछन्। कोठाको एक छेउमा मेरो बेड बनाइएको थियो। कुनामा टिभी र अर्को कुनामा एउटा ठूलो दराज सजाइएको थियो। सेप्टेम्बरको पहिलो हप्ता स्कुल जानु पर्ने भएछ। नजिकैको स्कुलमा मेरो नाम दर्ता भइ सकेको थाहा दिदैँ थिइन केटको मम्मी। मन पर्ने केट भइन क्लास मेड।
    बिहान छुट्ने बेलामा डयाडी निकै रुनु भयो। सारा राम्रो पढ्नु रबिन्सनले तिमीलाई असल बाटोमा नलाने भए पछि यहाँ ल्याएका हौं यति भनेर गालामा चुम्दै हक गरेर बाटो लाग्नु भयो। डयाडी गएको बाटो र सेतोकारलाई हेरेर म टोलाई रहेँ। बाँकी दिनहरु केट र जुलीको साथमा रमाइलो गरी बित्दै गयो। कहिले काहिँ डयाडी भेट्न आउँदा पहिले फोनमा सोधेर मन पर्ने उपहार ल्याई दिनु हुन्थ्यो। एक दिन ज्याकले फोन गरेर भनेको थियो। सारा तिमीलाई थाहा छ? हामी बसेको घरको छिमेकीहरु हाम्रो मम्मी र डयाडीको हल्ला गर्दै झगडा गर्ने बानी प्रति वाक्क भई सकेका छन्। शायद काउन्सिलले हामीलाई कतै सार्ने होकि? त्यस पछि परिवारको कुनै सदस्यबाट शुभ अशुभको खबर दोहोरिएन। आन्टीले एकदिन सुटुक्क भन्नु भयो। सारा तिम्रो डयाडीले मेरो एकाण्टमा तिम्रो पढाई खर्च लगाई दिए पनि सम्पर्क बिहिन छन्। त्यस बेला मात्र थाहा भयो यहाँ बस्नको लागी डयाडीले पैसा तिर्दा रहेछन्। जे भए पनि आन्टी फर्साइली र दयावान थिइन। केट,जुली र मेरो चाहानामा कहिले पनि फरक छुट्याइनन्। मलाई भित्र भित्रै आन्तरिक इच्छा जाग्थ्यो। मेरा आमा पनि यस्तै गुणले सम्पन्न भइ दिएको भए कस्तो रमाइलो हुन्थ्यो होला? फेरि आफैले चित्त बुझाउँथे आखिर मम्मीको त्यो गुण नभएर के भो र? छोरीकै ब्याबहार पाएको छु। परिवारसंग संम्बन्ध बिच्छेद भएको तीन बर्ष भइ सकेको थियो। केट र जुलीको डयाडीले सावधानी गराउँन थाली सकेका थिए। हामी अब टिनेजर भइ सक्यौं रे! एक दिन सोफामा राखेर लामो लेक्चर गरेका थिए। ब्रिटि्रस टिनेजहरुको प्रेग्नेन्सी रेट दश प्रतिशतले बढेको छ। आफ्नो जीवनको लक्ष्य पूरा गर्नको लागि बढाउने हैना घटाउँने तर्फ लाग्नु पर्छ। केट चुलबुली थिइ। ल्कासमा घटाउँने भन्दा बढाउँनेहरु धेरै भई सकेका छन्। हिजै मात्र जेनले छोरी पाई। आन्टीले प्रश्न गरी यहाँ आई रहने जेन होकि? अर्की जेन हो? केटले नैं उत्तर दिइ मम्मी त्यही जेन हो जो केहि बर्ष अघि जुलीलाई भेट्न आइ रहन्थिन। जुलीले एक वाक्य नबोलेरै जितिन। त्यसै भएरत खतराको घण्टी बजाएर सावधानी गराएको होत। केटका डयाडीले कुरा थपे। केटले अर्को सत्य पनि ओकली हालिन्। डयाडी जुलीसंग एउटा गुड फ्राइन्ड पनि छ। केटको डयाडीले भन्नु भयो गुड फ्राइन्ड हुनु नराम्रो होइन। तर सावधानी अपनाउँनु पर्छ। हामी छिल्लिएर हाँसेका थियौं।
    जुली ब्यूजिनस,म्याथ र साइन्स लिएर कलेज जाँदै थिई। केटसंग नछुट्टिने बिचारले दुवै जनाको सबजेक्ट मिलाएर आइटि,आर्ट साइन्स र थप विषयहरुमा कलेज जान शुरु गरेका थियौं। एक दिन सुटुक्कै केटले भनी हेर सारा रबिन मेरो पछि लागेको छ। मेरो छोटो उत्तर थियो। रबिन खराव आचरणको युवक होइन। मलाई पनि जोनले मन पराउँछ भन्ने कुरामा विश्वास्त थिएँ। जुली,म र केट भन्दा दुइ बर्षले जेठी थिई। केट र मेरो १८ बर्षको वर्थडे पछि तीनै जना ल्कव जाने भयौं। न्यूक्यास्टलको “लोन्ली हार्ट डिस्को” थेकमा खुव नाच्यौं। डिस्कोमा हनी हन्टर गर्नेहरु रबिन,जोन र आम्ट्रोङ हाम्रा भविस्यका राजकुमारहरु थिए। जोन १९ बर्षमा सैनिक बनेका थिए। उनको सैनिक तालिम समाप्त भए लगत्तै नोर्देन आयरल्याण्ड पुगेका थिए। नोर्देन आयरल्याण्डबाट जोनले पत्र लेखेका थिए।
    प्रिय सारा! बन्दुक समातेर मेरो भौतिक शरीर नोर्देन आयरल्याण्डमा भए पनि मेरो मुटु,मेरो प्राण सबै थोक तिमीसंगै बास बसेको छ। चाँडै आउ। आशा छ मेरो हृदयको रानी बनाउँने इन्तजारलाई लम्ब्याउँने छैनौं। विश्वासका साथ तिम्रो जोन। नोर्देन आयरल्याण्ड।
    पत्र पाए पछि मेरो मन समुन्द्रको छाल झैं हल्लिन थाल्यो। आन्टीले भनी सकेकी थिईन। सारा तिम्रो डयाडीले तिमी १८ बर्ष पूरा भए पछि तिम्रो पढाई खर्च बन्द गरी सकेका छन्। त्यो दिन म निकै मर्माहत भएकी थिएँ। परिवारको कुनै सदस्यसंग सम्पर्क नभएको करिव पाँच बर्ष भइ सकेको थियो। जोनको रङ प्रति मेरो कुनै आपत्ति थिएन। सबै भन्दा ठूलो कुरा माया हो भन्ने बिचारको पहाड अग्लि सकेको थियो मन भित्र। रात भरी निन्द्रा लागेन “चेरीको बोटनेर मम्मीले एउटा सेतो म्यागपाई चरोको घाँटी निमोठेर फालेको सपना देखेर ब्युँझंदा डरले काँपेकी थिएँ”। खलखलती पसिना बगेको थियो। केटले चाल पाई क्यारे! आधा निन्द्रामा भन्दै थिई सारा तिमी ठिकै छौ? अँ म ठिकै छु भनेर रातको त्यो सुन्यतामा निकैबेर सुकसुकाएको थिएँ। त्यही निन्द्रा नलागेको रात एउटा निर्णय गरेँकी थिएँ अब संधैको लागि यो घर छोड्नु पर्छ। जोनको अनुरोधलाई स्वीकार गरेर पत्र लेखेको हप्ता दिन पछि खर्च सहित जवाफ आई पुग्यो। आन्टीले प्रस्ताव स्वीकार गर्दै भनिन्। सारा अब तिमी उमेर पुग्यौ तिमीलाई जे गर्न ठिक लाग्छ त्यो गर। आफशोष तिम्रो डयाडी र मम्मीसंग भने सम्पर्क गराउँन सकेनौं। सके छु भने छोरी समान हेरचाह गर्ने परिवारको ऋण तिर्छु भन्ने वाचा गर्दै विदा भएँ। जुली र केट आयरपोर्टसंम्म पुर्‍याउँन आएका थिए। हामी सबैको आँखामा आँसुको दाना ढलपलिएको थियो एक अर्कामा हक गरेर विदा भयौं।
    जोन आयरपोर्टमा लिन आई पुगेका रहेछन्। जोनको आँखामा खुशीका बत्तिहरु बलेका थिए। पुगेको हप्तादिन पछि नजिकैको रजिस्टर अफिसमा विवाह दर्ता गरियो। एउटा अफिसको रिसेप्सनिष्ट काममा हात हालेर दिनहरु बित्न थाल्यो। दुइ बर्ष पछि इसाबेल जन्मी र तीन बर्ष पछि बेन। गृहस्थि संसारमा भुल्दा खासै परिवारको संम्झना नआए पनि जब जब समर अप्रोज हुन्थ्यो चेरीको बोटहरु झयाम्म झयाङगिन्थ्यो डयाडीको मधुरो अनुहार कल्पनाको ऐनामा सलबलाउँन थाल्थे। बेन छेउमा आएर के के भन्न थाल्थ्यो अनि डयाडीको मधुरो संम्झना हराएको यादै हुँदैन्थ्यो। इसाबेल सात बर्षमा लागे पछि जोनको सरुवा भयो नर्थ योर्कसयर इङल्याण्ड। यहाँ आएको पछिल्लो पाँच बर्षका दिनहरु काट्न त्यती सजिलो भएन। जोन बारमा गएर राती अबेला घर आई पुग्थ्यो बाँकी समय सैनिक काममा ब्यास्त हुनु स्वाभाविक थियो। फोनको घण्टी बज्थ्यो उठाउँदा कसैले जवाफ दिँदैनथ्यो। एक दिन उस्को सेतो सर्टमा गुलाफी रंगको दाग देखियो। त्यो दाग राम्ररी हेर्दा स्पष्ट चिन्न सकिने चुम्वनको दाग थियो। त्यो दागलाई जोनले कुनै ठूलो अर्थमा लिएन। मनभित्र सङ्काको पहाड ठडिए पछि विन्टरको जाडोमा न्यानो बेड पनि चिसै शितमा परिणत भयो। जोनले एक साँझ जानकारी गरायो म भएको घरमा अब उस्को उपस्थिति हुने छैन। त्यती बेला मात्र थाहा भयो सैनिक जागिरबाट हात धुइ सकेको रहेछ। दुवै जनाको मन्जुरीले तिनै हप्तामा सम्बन्ध विच्छेदको टुङो लाग्यो ।
    अब उसो दिनहुँ ढोकाबाट खस्ने गरेका बिलका चाङहरुलाई म आफैले समाधान गर्नु पर्ने भयो। सिङ्गल मदरको सुविधाले जीवन धान्न करै लाग्यो। विस्तारै इसाबेल र बेन आफैलाई हेरचाह गर्न सक्ने भए। छिमेकी आलिस्टर जीवन यात्राको उकालीमा साथ दिन आई पुग्यो। आलिस्टर पट्टिको छोरा माइक दश बर्षको थियो। कहिले काहीँ उ बाबालाई भेट्न आएको बेला म पनि अतितको गहिर्‍याइमा डुबुल्की मार्थे। आलिस्टर आफ्नो आमा बाबु खोज्न सघाउँनमा प्रतिबद्ध जनाउँथ्यो। एक दिन त्यही पूरानो गाउँमा पुग्यौं। घरलाई अर्कै रंग रोकनले डेकोरेसन गरिएको थियो। चेरीको बोट ढालिएको भए पनि जरा उखेलिएको थिएन। त्यो जराबाट चेरीका मसिना मसिना विरुवाहरु उम्रेका थिए। बिस बर्ष अघि एक रात सपनामा यही चेरीको बोटनेर आमाले एउटा सेतो म्यागपाई चरोको घाँटी निमोठेर मारेकी थिइन। यही चेरीको बोटनेर डयाडीले माया गरेर चुम्नु हुन्थ्यो। कहिले काँही डयाडीको आखाँको संघारबाट आँसुको नीलो आँसु बग्ने गर्दथ्यो।
    आलिस्टरले घरको ढोका ढक्ढकायो। एउटा बूढो मान्छे र करिव दश बर्षकी शायद नातेनी हुनु पर्छ ढोकाबाट निस्के। बिस बर्ष अघि यहाँ मोनरो परिवार बस्थे तपाइलाई थाहा भए बताई दिनु होला,अहिले उहाँहरु कहाँ हुनु हुन्छ? बूढो मान्छेले भन्यो। हामीले यो घर काउन्सिलबाट लिएका हौं। यो घर खाली थियो। त्यसको मतलव उस्लाई यस विषयमा केहि कुरा थाहा छैन। आलिस्टरले धन्यवाद टक्रयाए पछि हामी विदा भयौं। बिस बर्ष अघि ३६ क्याम्टन रोड, पोष्ट कोर्ड बि.१६ सि.४५ को ठेगानामा बस्ने मोनरो परिवारहरु अहिले कहाँ बसेका छन्? कसैलाई जानकारी भए निम्न ठेगानामा या निम्न टेलिफोन नम्बरमा सम्पकर्क गरि दिन अनुरोध गर्दै एउटा विज्ञापन छपायौं। त्यो लोकल पेपर प्रकाशित भएको हप्ता दिन पछि टेलिफोनको घण्टी बज्यो। हेलो मर्निङ म सारा बोल्दै छु भन्ने साथ उत्ताबाट जवाफ आयो। सारा म ज्याक बोल्दै छु। बिस बर्ष भए पनि दाजु बहिनी बीच एक अर्कामा स्वर चिन्न त्यती गाह्रो भएन। टेलिफोनमा भेट भएको खुशियालीमा टेलिफोनमै धेरै बेर रोयौं शायद त्यो हर्षको आँसु थियो। सबै परिवारको जानकारी लिए पनि मम्मीको जानकारी लिन भने बिर्सेछु। पहिले डयाडीकै बारे खोजी भयो। छोटकरीमा ज्याकले भन्यो सबै ठिकैछ भेटेर सबै कुराकानी गरौंला भनेर कुरा टुङग्यायो।
    अर्को हप्ता ज्याकले दिएको ठेगानामा पुग्यौं। त्यहाँ ब्राइन,ज्याक,टोबी,डेभिड र मम्मी बसी रहनु भएको थियो। ज्याक घर बाहिरै लिन आए हक गरे साथै भेट भएकोमा हर्षको आँसु बर्षाए। साथै टोबी र डेभिड पनि तर ब्राइन र मम्मीले न त्यस्तो आश्चर्य प्रकट गरे न खुशी ब्याक्त गरेको पाइयो। स्वभाविक अवस्थामा बसीरहेका थिए। भला कुसारी भयो। मम्मीले ठिकै छौ? भनेर औपचारिकतासंम्म निभाए। म हक गर्न अघि बढिन मम्मीले पनि इत्छा गर्नु भएन। मम्मी ब्राइनसंग बसेका रहेछन्। डयाडीको अनुहार नदेखेरै पनि प्रश्न राखि हाल्न सार्न्दभिक लागेन। आज कुनै मित्रको जन्म दिवस भएको हुनाले फेरि भेट्ने वाचा गर्दै मम्मी र ब्राइन विदा भए। मम्मी गए पछि डयाडी बारे जान्न चाहेँ। ज्याकले बेलिविस्तार लगाउँन थाल्यो। तिमी गएको ६ बर्ष पछि एउटा घटना घट्यो। मैले भनेँ कस्तो घटना? मम्मीले डयाडीलाई मार्नु भयो। ज्याकले अझ स्पष्ट पार्‍यो। मम्मीको चुप्पी प्रहारबाट डयाडीले चेरीको बोटनेर प्राण त्याग गर्नु भयो। डयाडीसंग चेरीको बोटमा धेरैबेर बस्थ्यौ हाँस्थ्यौ खेल्थ्यौ मम्मीले त्यसलाई धेरै अर्थमा लिएकी थिइन। ज्याक भन्दै गयो डयाडीलाई मार्ने अघिल्लो दिन त्यो चेरीको बोट पनि उसैले ढालेकी थिइन। डयाडीलाई मारेको अभियोगमा आठ बर्ष जेल सजाय भोगिन। आफ्नो ज्यानको सूरक्षा खातिर त्यो अपराधिक काम गरकी हुँ भन्ने बयानले कम्ति सजाय भोग्नु परेको थियो। उनी अहिले ड्रग्सको ब्यापार गर्छिन्।
    ज्याकले मम्मीको कहानी सुनाई सक्दा आङ सिरिङ भयो। मम्मीको त्यो दरिद्र सोँच प्रति माया र घृणा एकै साथ माउण्ट स्नोडाउँन झैं चुलियो। मैले सोँचेको भन्दा धेरै तल गिरेकी आमाको कोखबाट जन्म लिएकी रहेछु। डयाडीको दुःख लाग्दो मृत्यु सुनेर सुकसुकाउँदा वातावरण नरमाइलो भयो। डेभिल आमाको कुकृत्यले छरपष्ट भएको परिवार जम्मा भए पनि खासै उल्लासमय भएन। दाजुहरुलाई भेट्न पाएकोमा भने खुशी लाग्यो। हिड्ने बेलामा ज्याकले सानो पोका झोलामा हाली दिँदै भन्यो घर पुगेर मात्र खोल्ने छौ। फेरि भेट्ने वाचा गर्दै विदा भयौं। घर पुगेर पोका खोल्दा त्यही खाना थियो। जो मलाई औधि मन पर्ने खाना ज्याक ब्रो बनाउँनु हुन्थ्यो। ब्रेडक्रुम्ड स्ट्रीप्पस अफ चिकेन एण्ड फ्राइज।
    ज्याकसंग टेलिफोन सम्पर्क भइ रहन्थ्यो। अचानक एकदिन टेलिफोनको घण्टी बज्यो। सारा मम्मी अरेष्ट हुनु भयो। हिज राती पोलिसले ब्राइनको घर रेड गर्‍यो। जहाँ कोकिन,क्यानविस,डि.एम.टि, क्रर्‍याक र इक्सटासी जस्ता लागु पदार्थको अवैद्य धन्दामा समलग्न पाँच अपराधीहरुलाई अरेष्ट गरेको छ। उनीहरुलाई आजीवन कारावासको जेल सजाय हुने संम्भावना छ। हप्ता दिन पछिको कोर्ट फैसला चित्र सहित टाबोलायटहरुले मुख्य समाचार बनाएका थिए। ६५ बर्षिया भिकी मोनरो र उस्का चार सहयोगीहरुलाई अवैद्य धन्दा गरेको अभियोगमा उच्च अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। मम्मी जेल परेकोमा कुनै आश्चार्य लागेन। तर फेरि एक पल्ट चेरीको बोट हेर्ने इत्छा भने जाग्यो अनि ३६ क्याम्टन रोड पुगेँ। यस पल्टको समरमा एउटा चेरीको बिरुवा अग्लिएको थियो। घर धनीको सानो नातिनीले चेरीको बोटमा यस्तो कविता लेखेर झुन्ड्याएकी थिइन।

    चियर अप चियर अप
    चेरी बलुमिङ
    ह्यापी फेलो मुन एण्ड सन
    ओ माई ग्रयाण्ड डयाड
    हयापी एण्ड लाइफ लङ।


  • विश्रृङ्खलित समय र सपनाहरू
    विधा: कविता
    कवि: विमल वैद्य
    प्रकाशक: वाणी प्रकाशन, विराटनगर

    आगो, भ्रान्ती र समय
    _______________

    समयले छाडे छाडोस मलाई
    जीवनको यहि विन्दुवाट
    आस्था घोप्ट्याएर आँगनमा
    मान्छेहरु मुकदर्शक
    ताली बजाइरहेको समय
    म दर्शक दिर्घामा बसेर रमाउन सक्दिन
    विश्वासको सीमान्त कुनामा
    माकुरोले जालो बुन्दैछ
    मेरो सत्य त्यही कुनामा
    ढुसी पलाएर ऐँजेरु बन्दैछ
    फूलपाती र अविरले
    पूज्ने यो समय
    भगवानहरु खोलाका तीरमा
    ढुङ्गा वनेर फालिएका छन्
    विगत सपनाहरुलाई
    स्मृतीमा गाँसेर
    जीवन वनाउने मेरो अभिष्ट
    आधारातको एैठन वनेर
    मुर्च्छावाट विउँझन खोज्छ
    कहाँ हो लक्ष्य
    कतो विश्राम
    भ्रान्ती र केवल भ्रान्ती ओढेर
    आकाशवाट खसीरहेको
    तारको उज्यालोमा
    वाटो ठम्याउँदैछन्
    एक हुल लाटोकोसेराहरु
    मर्च्छना जिन्दगीको
    गीतका हरफहरु भेटेर
    कोइली गीत गाउँ आतुर छ
    घरमा आमा र घरबुढीहरु
    चुल्हो भत्काएर
    आगो जोड्ने शुरमा छन्
    समयले छाडे छाडोस मलाई
    जीवनको यही विन्दुवाट
    म त्यही आगोको
    फिलिङ्गो पर्खी बसेको छु ।
    --------------------------
    इलाम

  • सन्तानहरू
    विधा: कविता
    कवि: रामकृष्ण सुनुवार 'आँकाला'
    प्रकाशक: विश्व नेपाली साहित्य महासंघ

    ~बाध्यता~
    _______

    गम्लङ्गै धुँवाको कम्मल ओढेर
    रात गुजार्न बाध्य छ ।
    विषालु कार्वन मनोअक्र्साईडमा
    श्वास फेर्न बाध्य छ ।

    क्षणभरको जिन्दगीमा
    तिम्रो खुशीहरु कैद छन्
    कतै रक्त पिपाषु टाटे बाघको
    वा चीलको पञ्जाभित्र
    सुन्दर, शान्त र स्वच्छ मष्तिष्क
    कैद छ केही हदको लागि
    स्वतन्त्रताको खोजीमा
    चटपटाउन सक्दैनौ
    बिचार व्यक्त गर्न सख्त मनाही छ ।

    प्रत्येक गास खुवाईमा
    अलिकति दुषित हावा मिश्रति हुन्छ
    हरेक घुट्को पियाईमा
    विषालु हावा मिश्रति हुन्छ
    चीर न्रि्रामा समेत
    विषै विष सुस्काउँदै छौ
    यो किन हुँदै छ -
    मात्र बाध्यता ओकलिंदै छ ।

    तिमी धुँवाको कार्पेट ओछ्याएर
    ग्याँस च्याम्वर भित्र बन्द जिन्दगीलाई
    बन्धक राखेर सारा भविष्य
    स्वणिर्म सपनामा डुबुल्की मार्दै छौ
    तिम्रो आँखाको रोशनी हराए
    शायद कसैले तिम्रो बाटो हेरी देलान्
    त्रि्रो फोक्सो थोत्रिंदा
    कसैको कृतिम अङ्गले बाँच्न सकौला ।

    रक्त स्नायु तथा मष्तिष्कमा
    खिया लागेको दिन
    तिमी बेहोशीमा
    भिक्षा माग्दा बेवास्ता गरिंदा समेत
    सोंच्न सक्ने छैनौ,
    बोल्न पाउने छैनौ
    चौबीसै घण्टा कालो विषालु धुँवामा
    किन चुपचाप रमाई रहेछौ -
    मात्र तिम्रो बाध्यता ओकलिंदै छ ।
    _________x__________

    हाल: इराक


  • कवि: देवी नेपाल
    विधा: कविता
    प्रकाशक: ऐरावती प्रकाशन, काठमाण्डौ

    देश हार्दै छ आज
    ___________

    मेरो छाया रविकिरणको खोकिलामै बिलायो
    मेरो माया अलमल भई कोपिलामै हरायो ।
    मेरो बाटो ग्रसित किन भो सोध्छ मेरै गुलाब
    मेरो माटो त्रसित किन भो दासता दे जवाफ ।।

    मेरो आ“खा अझ पनि त्यही काङ्गडा हेर्न खोज्छ
    मेरो भाका मनलहरमा नित्य टिस्टा सुसेल्छ ।
    हेर्दा हेर्दै लय हृदयको खुम्चियो चेत छैन
    निद्रा लामो किन हुन गयो ब्यू“झदा देश छैन ।।

    सुस्ता मेरो हृदय, बलियो पाखुरा केचना हो
    बारा मेरो तन-वचन हो, लिम्पिया चेतना हो ।
    लाग्ला हाम्रै पनि अब बिलो भन्दछन् भीरपाखा
    सारङ्गी हो तर दमनमा हाल्न सक्दैन भाका ।।

    हाम्रा आस्था, अटल ममता दाङ भै हेपि“दै छन्
    हाम्रा खुट्टा किन दिनदिनै टुक्रि“दै बेचि“दै छन् ।
    आफ्नै आ“खा पनि लुटिसके मस्त छौ“ आज हामी
    कात्रो ओडी मनुज कसरी बन्छ आफ्नै मलामी -

    के पाखामा अझ पनि कतै छैन रातो गुरा“स -
    छाती-माटो किन अलग भो देहमा छैन सास -
    पुर्खाको त्यो रगत-पसिना बन्न लाग्दै छ हा“सो
    हाम्रो आ“खाअघि किन अहो ! वीरता बन्छ पासो

    कोसी फुट्दा किन सहरको फुट्न सक्दैन छाती
    मायादेवी पनि त लुटिइन् बुद्ध छन् धारमाथि ।
    हाम्री आमा पलपल बलात्कारकी छिन् सिकार
    सीमा ढल्दा शिर पनि ढल्यो देश हार्दै छ आज !



  • छिरिङ डोल्मा र अनाम शहीदहरु
    विधा : कथा
    कथाकार : घनश्याम शर्मा


  • उन्मुक्त किनारा
    विधा: गजल
    स्रष्टा: भोजराज घिमिरे
    __________________

    लहरसँगै उजागर भो जसै किनारा-
    लाग्यो जीवन उन्मुक्त भै त्यसै किनारा !

  • दुबसु क्षेत्रीका प्रारम्भिक गजल
    सम्पादक: ज्ञानुवाकर पौडेल
    प्रकाशक: वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठान


  • समकालीन नेपाली साहित्य
    सम्पादक: डा. दुबसु क्षेत्री
    प्रकाशक: वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठान

  • कोलाज मन
    विधा: गजल
    श्रष्टा: डा. दुबसु क्षेत्री
    प्रकाशक: वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठान

  • पर्खाइका पलहरु
    कवि: सुजन बैरागी
    विधा: मुक्तक
    प्रकाशक: शिल्पी साहित्य प्रतिष्ठान
    -----------------------------------
    फूल देखाई काँडाले घोच्छन् भन्ने के थाहा
    आफन्तले नै पराया सोच्छन् भन्ने के थाहा
    सफरमै जिन्दगीको यस्तो मोड आए पछि -
    सारा सम्बन्ध नै भुल्न खोज्छन् भन्ने के थाहा !


  • समुद्र र सपना
    विधा: कथा
    कथाकार: सञ्जु बजगाईं


  • रात ढलेको थिएन
    विधा : कविता
    कवि : गोपीकृष्ण प्रसाई
    ****************
    रात ढलेको थिएन
    ........................

    यो रात औंसीको रात
    आकाशमा टह टह ताराहरु चम्किरहेछन
    जुन कतै लुकेको होला प्रेमिल क्षणमा झुकेको होला
    बगिरहेछ कतै जीवन रुपी खोला
    थुप्रै थुप्रै झमेलाहरूको सिरानी बनाएर
    निन्द्रा बल्झाउनुको पीडाले
    वार्तालाप चलिरहेछ रात संग आज
    रात पनि बोल्छ म पनि आफ्ना कुराहरु खोल्छु
    जवाफ दिएरै पनि रात स्पस्ट हुन सकेन
    म प्रश्न गर्या गर्यै छु
    रात आफै दुखेको रहेछ
    उसका अनेकौ अनुत्तरित कुराहरु संग संगै आए
    झिसमिसे बिहान सम्म प्रश्नोत्तरहरु चलिरह्यो
    हावाको गति अलि बढेकै छ
    मनको अन्तरमा धुमिल आवरण सजेकैछ
    मुर्छित भएर बिउंझेका मेरा तन्द्राहरु
    जाग्दो रातले सबै लग्यो मेरा निन्द्राहरु
    हाँस्नु अनि रुनु जस्तो
    दिन र रातको मिलन पनि कस्तो कस्तो
    लाग्छ यो रात रोइरहेछ
    आँसुले परेलीहरु धोइरहेछ
    निस्तब्ध रातमा झयाउँकिरिहरु कराइरहेका
    जुनकिरिहरु धर्तीमा जुन बाट ओर्लिरहेका
    रातकै कुरा गर्दा कहिँ कतै
    रातमा आत्माहरु भड्किन्छन भनेर सुनाइएकोछ
    रातमा मुर्कुट्टाहरु जाग्छन भनेर अर्थ्याइएको छ
    रातको सुरुमा चलेको हावा चलिरहेकै छ
    ढल्की जाने जोवन ढलिरहेकै छ
    दिन ढलेर रातमा बास लिएको हो कि?
    रात नगलेरै दिन संग डुल्न निस्क्या हो कि?
    यी सृंखलाहरु सोध्नुनै ब्यर्थ छ
    अनेकौ सृंखलाहरु भन्दा अत्यधिक बलशाली छ रात
    प्रकृति हो यो त
    मैले हेर्नु सिवाय केहि गर्न सक्तिन
    मैले रमाउनु सिवाय केहि भन्न सक्तिन
    म केवल मनन गर्छु र यथास्थितिमा बस्छु
    किनकि चल्ने निरन्तरता चलिरहेकै छ
    अल्बर्ट आइन्स्टाइन र सापेक्ष्यताबाद
    आइज्याक न्यूटन र गुरुत्वाकर्षण
    बाहिर निस्कंदा देखिने ताराहरु
    सम्झनामा आउने ग्यालिलियो
    सौर्यमण्डलको सिद्दान्त
    पृथ्वीको उत्पति
    र देवी भागवतका कथाहरु
    मधु कैटबको हाड र मांसपिण्ड
    अनि ढुंगा र माटोहरु
    धर्म र विज्ञानका आ आफ्नै पाटाहरुछन्
    मान्छेलाई जिउने यहाँ अनेकौ बाटाहरु छन्
    जिउनु पर्छ यहाँ विश्वास अनि भरोसामा
    जिउनु पर्छ यहाँ सन्तोष अनि संघर्षमा
    यिनै कुराहरुले आज रातलाई उचालेको छ
    रुझानमा परेको छ आज मेरो अन्वेषण
    म गान्धीलाई रातमा उज्यालो पाउंछु
    म मण्डेलालाई रातमा पढिरहेको ठम्याउंछु
    मेरो रातमा तपस्वी बनेका शान्तिका दुत गौतम बुद्ध
    क्रसमा टांगिदा पनि जीवन ज्योति छर्ने जीसस क्राइस्ट
    आमाको रोदन अनि दृश्यपटलमा आउने म्याक्सिम गोर्की
    म पुलकित हुन्छु
    तरंगहरु झंकृत हुन्छन
    आकाश गंगा जगतभरि हाँसेको छ
    यो संसारमा विचरण पनि गजबै छ
    भगवानको लिला
    म इश्वरको पुजारी
    मनले प्राकृतिक माला गाँसेको छ
    फ्लोरेन्स नाइटिंगेल र उनको करुणामा रमेका रातहरु
    एडोल्फ हिटलर अनि ग्यांस च्याम्बरको मृत्यु
    यिनै कुराहरु असरल्ल छरिन्छन मझेरीमा
    म पनि कहाँ कहाँ पुगेछु आज त
    रात मलाई सुत्न निर्देशन दिइरहेछ
    तर चैन छैन मनमा
    बाहिर स्याल कराइरहेको आवाज
    भ्याप्सिलो भ्याप भ्याप गर्दोछ
    कुकुरहरु भुकिरहेछन
    जनावरका आ आफ्नै रोदनहरु
    अनि
    प्रकृति आफ्नै धुनमा नाचेको छ
    पृथ्वीले ब्रह्माण्डमा अमर माया साँचेको छ
    कल्पन्सिल विश्व
    निन्द्रा लागेन आज .........
    नसालु बनोश यो रात
    बैंसालु बनोश यो रात
    तेसैले आज केहीको पर्वाह छैन
    तर पनि रात रातै हो
    एकैछिन तन्द्रामा म पुगेछु
    आकाशमा उडिरहेको बेला
    कतै राक्षसी आक्रमण हुन्छ
    भाग्दा भाग्दै अवतरण हुन्छु पृथ्वीमा
    झल्यास्श बिउझन्छु र रात संग बात मर्न थाल्छु
    अनेकानेक प्रश्नहरु संगै
    विश्राम नलिएरै रहनु पर्ने
    कल्पनाहरु सजाउनु पर्ने
    रातमा सम्झिदै जांदा मैले बाल्मिकी र शेक्सपियरलाइ सम्झे
    जिन्दगि एउटा महाकाव्य अनि नाटक जस्तो
    समुन्द्र पिउने अगस्ती ऋषिको इच्छाशक्ति पनि कस्तो कस्तो
    झम झम पानी परेर पातमा ठोकिएको संगीतले मलाई उराल्छ
    केले केले सम्झनाहरु बेरिएर मन तेसै बराल्छ
    फेरी भन्न मन लाग्छ
    दिन सान्त मुडमा थिएन
    मनमा कुदिरहेका कल्पनाहरु
    मनले मागिरहेका चाहनाहरु
    दिनभर अप्राप्तिको पीडाले छट्पटिंदा
    गोधुली संसार भरि आँशुहरु खसेछन
    टाढा टाढा क्षितिजमा आफ्नै तस्वीर देखे मैले
    उसले रातको प्रतिक्ष्या गर्नु भन्थ्यो
    अनि त रातलाई पर्खेर बसें
    छिप्पीइसकेको रात
    सुनसान छ चुस्त छ दुरुस्त छ
    न मेरो कुरानै सुन्छ
    न सुतेको छ
    न दुखेको छ
    छटपटी मेरो छ चिट चिट पसिना छ निधारमा
    अनेक प्रश्नहरु तेर्स्यांए रात संग
    ति प्रश्नहरु उल्लेख भैसकेकाछन
    मेरो मन अस्थिर बनेर चौपट्टै छ
    तर पनि यो मनको जिज्ञासा गलेको थिएन
    किनकि यो रात अझै ढलेको थिएन
    हो सांच्चै
    रात ढलेको थिएन !