Showing posts with label कविता. Show all posts
    Showing posts with label कविता. Show all posts

  • बूढो माझी
    विधा : कविता
    कवि : विष्णु सुवेदी
    प्रकाशक : सम्पदा अन्वेषण तथा विकास मञ्च, नेपाल
    ______________________________________

    बूढो माझी

    पुरानो टालोमा
    एक मुट्ठी सातु पोको पारेर
    एकाबिहानै
    लाग्छ ओरालो नदी किनार !
    नाङ्लो जत्रो मन लिएर
    र्झछ तल-तल
    र्फकंदा चाल्नो हुन्छ उसको मन
    छिया-छिया खुइय्य र्फकन्छ ऊ
    निरस र्फकन्छ ऊ !
    सेतै फुलेको कपाल
    चाउरी परेको गाला
    धमिलो देख्ने एक जोडा आँखा
    ओहो !
    आधा इतिहास
    आधा वर्तमान
    माछा मारिरहेको बूढो माझी !
    घरी उर्लन्छ नदीको पानी
    घरी उर्लन्छ
    त्यसै गरी माझीको मन !
    जालेै छेउबाट तर्केर लाग्छ
    एउटा बडेमानको माछो
    जसरी गयो बर्षौंदेखि
    उसैलाई छलेर उसको भाग्य !
    ##
    बिष्णु सुवेदी
    लेउ परेको ढुङ्गामा
    टुसुक्क बसेर
    सोचिरहन्छ ऊ,
    कसरी खेल्छन् माछाहरु पौडी !
    कसरी बाँच्छन् पानीमुनिको घरमा -
    सिनेमा जस्तो देखिन्छ
    बूढो माझीको आँखामा
    बूढो माझीको अनुहारमा
    उदासीनता र गम्भीरता
    के नै फरक छ र
    पानीमुनि बसेको माछा
    र पानीमाथि बसेको माझीमा -
    नदी किनारामाथि
    दौडिरहन्छन् रङ्गीचङ्गी गाडीहरु
    जसरी दौडिरहन्छन्
    उसका छली सपनाहरु !
    चोपलिरहन्छ
    माछाको कत्लाजस्तो
    पट्पटी फुटेको छाला
    चोपलिरहन्छ पानीको छालमा
    र गुनगुनाउँछ कस्तो खस्रो जीवन
    ठ्याक्कै खोलाको बगर !
    भोकै/तिर्खै
    माछा कुरिरहनु
    जाल जाँचिरहनु
    बालुवा दौडिरहनु
    कति निरस बाँच्छ
    माछा मारिरहेको बूढो माझी,
    दिउँसै देख्छ सपना
    ##
    बूढो माझी
    पानीमाथि नै सुतेर
    पानीमाथि नै कुदेर
    पानी ओढ्छ ऊ
    पानी नै ओछ्याउँछ ऊ !
    जीवन धान्न साँच्चै गार्‍हो रैँछ बाइ ....... !
    सम्भिmन्छ यतिबेला
    कहिले आए खुसीहरु -
    झयाप्प लाग्छ
    एक्कासी आकाशभरि बादल
    एकैछिनमा र्झछ आकाशबाटै खोला
    माछा मारिरहेको बूढो माझी
    अँध्यारोबीच थरर......... काम्छ ।
    कठै ! त्रिशुली न हो, राप्ती न हो
    माझी बूढाको मन जस्तै
    एकै क्षणमा आउँछ भलबाढी
    र लैजान्छ माछा, जाल र बूढो माझी
    सबै - सबै, पर पर ....!
    सुन्नु भो, ए धनी मान्छे !
    थोरै खुसीका लागि
    अलिकता भोकका लागि
    अलिकता ओखतीका लागि
    कसरी बग्यो हँ ! मान्छेको जीवन
    तपाईंहरु अझै पनि गर्दै हुनुहुन्छ के -
    मोलमोलाई एक पाउ माछामा
    एक रुपैयाँका लागि ...? !



  • मेरो भागमा परेको प्रीत
    विधा: कविता
    कवि :मणि बाङ्देल 'सागर'
    प्रकाशक: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)
    ______________________________________

    बिना परिधिको जेल


    अचानक बर्सिन
    थालेको देखे
    बिटाहरू दर्बको
    मैले नुहाउने
    छहरा तिर
    म चड्ने
    पहरा तिर
    बसाई सरेको देखे
    मेरो गाउको झोपडी
    महल बनि
    शहर तिर।
    जब मैले पाएथे
    आउने अनुमति
    यो सपनाको देश तिर।

    म आइ पुगे,
    सपना हरु बुन्दै
    बर्षौ बित्यो
    अझै बुनिरहेकै छु
    अँध्यारोमा डेरा छाडी
    अँध्यारोमै फर्किन्छु
    जोतिएर
    बर्षौ बित्यो
    जोतिई रहेछु

    र पनि
    छहरा पहरामा
    बर्शेका ति दर्बहरु
    यहाँ मैले
    झार्नु सकिन
    गाउँको मेरो
    फुसको झोपडी
    महल बनाइ
    शहर सार्नु सकिन

    गर्भासयमै मैले
    छाडेर हिडेको
    मेरो निसानी
    अहिलेत झोला बोकी
    पाठशाला धाउछ रे
    मैले उसलाई
    देख्न नपाउनु
    मेरो दुर्भाग्य
    उसले मेरो
    औंला समाई
    हिड्न नपाउनु
    उसको दुर्भाग्य
    जवानी थाति राख्दै
    चिसिएको लामो
    हिउदे रात
    सिरानी च्यापेर
    एक्लै कटाउनु
    मेरो जीवन साथीको
    झन् ठुलो दुर्भाग्य।

    औड़ा लागेर
    हतासिन्छ मन
    बेतालले छट पटाउछ तन
    छिछिमिरा बनेर
    उम्रिन्छं प्रश्न हरु
    न यहाँ नाग्नु पर्ने
    कुनै दिवार छ
    न काट्नु पर्ने
    कांडे तार छ
    बिना सुरक्षाको
    जिन्दगी लाचार छ
    र पनि यो देशलाई
    चटक्क छाडेर
    जान नदिने
    खै कस्तो
    अदेखा बार छ
    त्यसैले
    यहा सम्म ल्याउनुमा
    कर्मको झेली खेल भो
    मेरो लागि यो
    यो सपनाको देश
    बिना परिधिको
    सेन्ट्रल जेल भो !!
    .......................

    इलाम, हाल: अमेरिका